ह्याप्पी बर्थ डे टु यू… अरुणिमा
आज नायिका अरुणिमा लम्सालको जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनले यसपाली ठुलो जमघट नगर्ने निणय गरेकी छिन् । घरपरिवार र साथीभाईसँग बसेर सानो जमघट माँझ केक काट्ने नायिका लम्सालले जानकारी गराईन । अरुणिमले अहिलेसम्म बर्थ डे सेलिब्रेसनमा केक नकाटेको बर्ष छैन रे ।
‘मलाई याद भएसम्म निकै सानो छदाँ देखि नै प्रत्येक बर्ष जन्मदिनमा केके काटेको छु,’ नायिकाले भनिन् ‘त्यसैले आज पनि केक नकाट्ने भन्ने त कुरै हुदैन’ । गत बर्षको जन्मदिनमा जस्तो यसपाली ठुलो जमघट भने नहुने उनले जानकारी गराएकी छिन् । ‘घर नजिकैको गणेश मन्दिरमा पुजा गर्ने, छोरीलाई स्कुल पठाउने अनि घर परिवारसँग बसेर रमाईलो गर्ने योजना छ’ नायिका लम्सालले भनिन् ‘यसपालीको मेरो जन्मदिन फ्मिली सेलिब्रेसन हुनेछ’ ।
नायिका लम्साल यतिबेला भने आफ्नी छोरी हुर्काउनमै ब्यस्त छिन् । उनकी छोरी अक्क्षता झण्डै तीन बर्ष पुग्न लागेकी छिन् । आजबाट तपाई चाही कति बर्ष लाग्नु भो नि ? भन्ने प्रश्नमा भने उनले हास्दै जवाफ दिईन, ‘हेर्नुस् छोरी मान्छेलाई उमेर नसोध्नु भन्छन्, तर तपाईले सोधिई हाल्नु भयो, आजबाट म ३३ बर्ष लागे’ ।
चाडै चलचित्रमा पुनर्आगमन गर्ने बताएकी नायिकाले अब भने नयाँ सोचसहित आउने बताएकी छिन् ।
For More videos Log on to Mazzako TV