मज्जाको अनलाईन, २०७१ भदौ ३ गते

बिहे गरेको झन्डै डेढ महिना सम्म फिल्म कर्मबाट फुर्सदिला बनेका महानायक राजेश हमाल पुन रजतपटमा फर्किएका छन् । ‘बागमती’ नामको चलचित्रमा महानायकले काम गर्न लागेका हुन । नयाँ युनिटले निर्माण गर्न लागेको चलचित्र ‘बागमती’को भुमिकाबाट खुशी भएर उनले सम्झौता पत्रमा समेत हस्ताक्षर गरिसकेका छन् ।

नव निर्देशक एवं निर्माता अनिश नापितको फिल्म ‘बागमती’ मा राजेश मुख्य भुमिकामै देखिनेछन् तर उनको भुमिका कस्तो हुनेछ भन्ने बिषयमा भने केही बताईउको छैन । बिहे पछि हमालले दुई वटा म्यूजिक भिडियोमा मात्रै अभिनय गरेका छन् । चलचित्र ‘बागमती’ लाई लिएर हमाल निकै उत्साहित रहेको उनका सहयोगी बताउछन् ।

Rajesh Hamal new

भदौको २५ गते देखि फ्लोरमा जान लागेको चलचित्र ‘बाग्मती’ मा राजेशलाई एक्सन हिरो शिव श्रेष्ठले साथ दिनेछन् । त्यस्तै चलचित्रका अन्य कलाकारहरुमा भने दयाहाङ राई, केकी अधिकारी, कञ्चन ठकुरी आदी रहनेछन् । काठमाण्डौं र किर्तिपुरमा सुटिङ्ग गरिने यस चलचित्रमा राजेन्द्र उप्रेतीको द्धन्द्ध निर्देशन रहने छ । यो चलचित्र ‘बागमती’ सरसफाई अभियानसँग पनि सम्बन्धित रहेको जानकारी गराईएको छ ।

महानायकले विवाह पछि निकै चुज गरेर खेल्न लागेको सिनेमा ‘बागमती’ कस्तो बन्ने हो ? त्यो भने समयले नै बताउला । तर चलचित्रमा हमालको भुमिका कस्तो होला भन्ने कुराले भने सबैमा उत्सुकता जगाईदिएको छ ।

For More videos Log on to Mazzako TV