शिल्पासँग प्रेमको बात, आर्यनलाई मायालुको मात
मज्जाको अनलाईन, २०७१ भदौ २ गते, सोमबार
छविराज ओझा निर्मित फिल्म ‘लज्जा’ को प्रोमो सार्वजनिक गरिएको छ । नवल नेपाल निर्देशित फिल्म ‘लज्जा’ मा आर्यन सिग्देल र शिल्पा पोरेलेको मुख्य भूमिका छ । कार्तिक ७ गते तिहारमा रिलिज गर्ने तयारी गरिएको चलचित्र लज्जाको युट्युब मार्फत प्रोमो सार्वजनिक गरिएको हो ।
सेन्सरबाट युनिभर्सल सर्टिफिकेट प्राप्त फिल्म ‘लज्जा’ को सार्वजनिक गरिएको प्रोमोले नारीको संवेदना, बाध्यता, पिडा र बदलाको भावना देखाउन खोजेको छ । चेतन सापकोटाको संगीत रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । क्यामेरा मदन कास्यप घिमिरेले चलाएका छन् । नृत्य निर्देशन कविराज गहतराजको छ ।
छविराज ओझाले ‘लोफर’ पछि अभिनेत्री रेखा थापा बिना नै फिल्म ‘लज्जा’ निर्माण गरेका छन् । रेखाले निर्माण गरेको फिल्म दशैंमा प्रदर्शन हुँदैछ भने छविको तिहारमा । रेखा र छविको फिल्ममध्ये कसले व्यापारिक सफलताको बाजी मार्ला ? फिल्म बजारमा यसकै चर्चा छ ।
For More videos Log on to Mazzako TV