मज्जाको अनलाइन, २०७१,भदौ २ गते, सोमबार

Thuli new
‘ठूली’ गरिमाले भनिन्, ‘आज म कन्डफिडेन्स र नर्भस दुबै अवस्थामा छु ।’ रिलिजको क्रममा रहेको आफ्नो चलचित्र ठुलीलाई लिएर उनी यतिबेला निकै उत्साहित छिन्, तर सँगै उनलाई चुनौती पनि थपिएको छ । किनकी, उनलाई ‘झोला’बाट पाएको चर्चालाई कायमै राख्नु छ नेपाली चलचित्र बजारमा ।

यो चुनौतीलाई गरिमाले पनि मनन गरेजस्तो बुझियो । आउँदो शुक्रबार भदौ ६ गते अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘ठूली’ को पत्रकार भेटघाट कार्यक्रममा गरिमा कन्फिडेन्स अनि नर्भस दुवै भावमा प्रस्तुत भइन् । गरिमाले ‘झोला’ मा जस्तै फिल्म ‘ठूली’ मा पनि राम्रो गर्ने सक्दो मिहेनत गरेको बताइन् । गरिमाले थपिन्, ‘राम्रो गर्ने प्रयास गरेको छु केही कमी कमजोरी भए औल्याइदिनु होला ।’

त्यस्तै निर्देशक सूर्य बोहोराले फिल्मलाई बाध्यत्मक परिस्थितिमा प्रदर्शन गर्न लागिएको बताए । ‘श्रीकृष्ण जीको फिल्मले हिन्दी फिल्मलाई पाखा लगाएर दर्शक तानिरहेको छ निर्देशक बोहोरालले भने, अब पुन हिन्दी फिल्मलाई पाखा लगाउने अर्को फिल्म ‘ठूली’ प्रदर्शन हुँदैछ ।’ उनले ‘ठूली’ फिल्म नारी समवेदना माथि निर्माण भएको बताए ।

फिल्मका मुख्य अभिनेता जिवन लुइँटेल भने मुम्बईमा रहेकाले प्रेसमिटमा सहभागी भएनन् । बसन्त सापकोटाको संगीत रहेको फिल्म ‘ठूली’ मा सुरेन्द्र शाहको द्धन्द्ध निर्देशन छ ।

For More videos Log on to Mazzako TV