भदौ २ गते, सोमबार, मज्जाको अनलाइन

भदौ ६ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘सम्बोधन’ को प्रदर्शन मिति रोकिएको छ । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति सम्मान एवं समवेदना प्रकट गर्दै चलचित्रको रिलिज रोकिएको निर्माण युनिटले जानकारी गराएको छ । ‘कोहिनूर’ ले दर्शक तानिरहेकाले आउँदो शुक्रबारबाट ‘सम्बोधन’ प्रदर्शन नगरिने निर्माता सरोज न्यौपानेले जानकारी गराएका छन् ।

Sambodhan
‘कोहिनूरले दर्शक तानिरहेको छ, फिल्म चलिरहंदा किन अर्को फिल्म रिलिज गर्ने भनेर मैंले नै आउँदो शुक्रबार ‘सम्बोधन’ लाई प्रदर्शन नगर्ने निर्णय लिएको हुँ, निर्माता न्यौपानेले भने, ‘यो स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठप्रतिको सम्मान र श्रद्धाञ्जली हो ।’ फिल्मको आगामी प्रदर्शन मिति बारे छलफल भइरहे पनि अन्तिम प्रदर्शन मिति तय भईसकेको छैन् ।

चलचित्र ‘सम्बोधन’ भदौ महिनामा प्रर्दशनमा नआउने प्रवल सम्भावना देखिनछ । तर, चलचित्रलाई दशैं अगाडीसम्ममा भने रिलिज गरिने जानकारी निर्माता न्यौपानेले दिएका छन् ।

सम्बोधनले आफ्नो रिलिज डेटलाई पछि सारे पनि भदौ ६ मै प्रदर्शन हुन लागेका अन्य दुई फिल्म ‘ताण्डव’ र ‘ठूली’ भने सोही मितिमा प्रदर्शन हुनेछन् । हेमराज विसीको निर्देशन रहेको फिल्म ‘सम्बोधन’ मा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्टको मुख्य अभिनय छ ।

For More videos Log on to Mazzako TV