भदौ १ गते, आईतबार, मज्जाको अनलाइन

stupid_man2

अभिनेता निरज बराल निर्मित फिल्म ‘स्टुपिड मन’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । दिवाकर भट्टराई निर्देशित यो फिल्ममा अभिनेता जिवन लुइँटेल, निर्माता बराल अनि नव नायिका चाँदनी शर्माको मुख्य भूमिका छ ।

stupid_man1

सार्वजनिक फिल्म ‘स्टुपिड मन’ को ट्रेलरमा प्रेम, विछोड, रोमान्स, रोदन अनि द्धन्द्धको दृश्यलाई देखाएको छ । ट्रेलरमा अभिनेता जिवन लुइँटेल ‘सी फुड’ खाँदा आफुलाई भमिट हुने र पानीसँग ‘एलर्जी’ हुने भनेका छन् भने निर्माता तथा अभिनेता बरालले मस्ती गरेका छन् । फिल्मको पूरै जसो छायाँकन थाइल्यान्डमा गरिएको छ । फिल्म ‘स्टुपिड मन’ मा जिवन, निरज र चाँदनीसँगै रिजु श्रेष्ठ, मार्टिन खान र बसन्त अधिकारी लगायतको अभिनय छ । संजय लामा फिल्मका छायाँकार हुन् । द्धन्द अष्ट महर्जनको छ ।

stupid_man3

अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्म ‘स्टुपिड मन’ को गीतहरु दर्शक तथा श्रोताको रोजाइमा छन् । कविराज गहतराजले फिल्मको नृत्य निर्देशन गरेका छन् । सामिप्य राज तिमल्सीनको लेखन रहेको फिल्म यही आउँदो भदौ २० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV