Rekha Thapa Photo 1

नायिका रेखा थापाले कुनै आँट भएको केटा नपाएको बताएकी छिन् । दशैमा रिलिज हुन लागेको चलचित्र ‘हिम्मतवाली’को ट्रेलरमा बोलिएको सम्वादमा आफुले ‘आँटिलो केटा’ नपाएको रेखाले बताएकी छिन् । आफ्नो लाली जोवन सलमान खान ‘सल्लू’को लागि साँचेर राखेको उनको सम्बादमा सुन्न सकिन्छ ।

Rekha Thapa Photo 2

भर्खरै युट्युब मार्फत रिलिज गरिएको चलचित्रको ट्रेलरमा रेखालाई निकै बोल्ड रुपमा प्रस्तुत गरिएको छ । उनले ट्रेलरमा फाईट खेलेकी छिन्, घोडा दौडाएकी छिन्, स्टन्ड गरेकी छिन् अनि छमछमी कम्मर मर्काएकी छिन् । पुर्ण रुपमा एक्सन शैलीमा निर्माण गरिएको चलचित्र ‘हिम्मतवाली’मा दुबै हात नभएका सर्दशन गौतमलाई चलचित्रको हिरोको रुपमा देख्न पाईनेछ । उनकी संसारकै पहिलो दुबै हात नभएका नायकको रुपमा चलचित्रमा काम गर्दैछन् । यस चलचित्र मार्फत नायिका रेखा पुन एकपटक ‘एक्सन लेडी’का रुपमा नेपाली रजतपटमा देख पर्दैछिन् ।

Rekha Thapa Photo 3

 फुतपातीबाट हलहरुमा लाग्ने चलचित्र ‘हिम्मतवाली’को यसअघि चारवटा गीत सार्वजनिक भईसकेका छन् । चलचित्रमा शुरुवाती सुटिङ्गमा श्याम भट्टराई निर्देशकको रुपमा रहेपनि निर्देशक र निमात्री रेखा थापाबीच झगडा भएपछि निर्देशकलाई चलचित्रबाट आउट गरेर नायिका थापाले नै चलचित्रको निर्देशन गरेकी हुन् । अब हेर्न बाँकी छ, नायिका रेखा निर्देशकको रुपमा रजतपटमा जम्ने हुन् कि उनको लागि निर्देशकीय यात्रा ‘टाई टाई फिस’ हुने हो ।

 चलचित्र ‘हिम्मतवाली’मा बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत रहेको छ । चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन भने चलचित्रमा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ । चलचित्रमा आमा सरस्वती थापा निर्मात्रीको रुपमा रहेकी छिन् ।

For More videos Log on to Mazzako TV