मज्जाको अनलाईन, काठमाडौं, २०७१ श्रावण २७ गते, मंगलबार

शनिबार मुम्बाईको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतीको आर्याघाटको २ नम्बर चितामा श्रीकृष्णको पार्थिव शरीर माथि सरकारको प्रतिनिधित्व गर्दै मन्त्रीहरु प्रकाशमान सिंह डा.मिनेन्द्र रिजालले संयुक्त रुपमा राष्ट्रिय झन्डा ओढाए ।

IMGL4988

त्यस्तै, नेपाल प्रहरीको एक टुकुटीले श्रीकृष्णको अन्त्यष्टिमा सम्मान गारच सलामी दिएको थियो । स्व.श्रीकृष्णका जेठो दाजु रामकृष्ण श्रेष्ठले श्रीलाई दागबत्ती दिएका थिए । ४७ वर्षिय श्रीकृष्ण ६ जना छोराहरु मध्येका कान्छो छोरा हुन् ।

IMGL4981

बोन क्यान्सरका कारण शनिबार भारतमा निधन भएका श्रीकृष्णको पार्थिव शरीरलाई सोमबार मात्रै दिउँसो पौने चार बजे नेपाल ल्याइएको थियो । श्रीेकृष्णको पार्थिव शरीरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शवयात्रा निकाली तिनकुने, नयाँ बनेश्वर, माइतीघर, भद्रकाली, हुदै नेपाल प्रज्ञा प्रतिष्ठानमा ५ बजे पुर्याइएको थियो ।

DSCF7161

DSCF7340

लोकप्रिय अभिनेता श्रीकृष्णप्रति समवेदना प्रकट गर्न सम्पूर्ण फिल्मकर्मी, विभन्न दलका प्रमुख नेता तथा सामाजिक अगुवा प्रज्ञा प्रतिष्ठानमा पुगेका थिए । तर भीड नियन्त्रण गर्न नसकेपछि श्रीको शवलाई प्रतिष्ठानमा केही बेर मात्रै राखेर पशुपति आर्यघाट लगियो ।

DSCF7202

DSCF7214

हजार्रौं शुभचिन्तक इयरपोर्ट देखि आर्याघाटसम्म श्रीकृष्णप्रती समवेदना प्रकट गर्न लाम लागेका थिए । पशुपतीमा शुभचिन्तकको भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज नै गर्नु परेको थियो । सवयात्रामा सहभागी शुभ चिन्तकले ‘श्रीकृष्ण अमर रहुन्’ भन्दै जयजयकार गरेका थिए ।

DSCF7402

DSCF7356

स्व. श्रीकृष्णको अन्त्यष्टिमा वृद्ध आमा र एक महिना अगाडी मात्रै श्रीकृष्णसँग बिवाह गरेकी अभिनेत्री श्वेता खड्को भावविहल दृश्यले सबैको आँखा रसाए । स्व. श्रीकृष्णको म्हेपी घरमा श्वेता र दागबत्ती दिएका जेठो दाजु कोरा पस्ने निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन् ।

IMGL4718

एक सय बढी फिल्ममा अभिनय गरेका अभिनेता श्रीकृष्णको दुःखद निधनले सिङ्गो मुलुक शोकमा डुबेको छ । अन्त्यष्टिसँगै श्रीकृष्ण सबैबाट सदाको लागि बिदा भएका छन् । तर उनले नेपाली फिल्ममा दिएको योगदान सदा अमर रहिरहनेछ । श्रीकृष्ण र श्वेताको मुख्य भूमिका रहेको फिल्म ‘कोहिनूर’ हाल देशभर प्रदर्शनरत छ ।

IMGL4629

IMGL5037

For More videos Log on to Mazzako TV