मज्जाको अनलाईन, काठमाडौं, २०७१ श्रावण २६ गते, सोमबार

आज राजधानीमा नायक श्रीकृष्ण श्रेष्ठको शवयात्रा हुदैछ । चलचित्र बिकास बोर्ड, चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था र नायक श्रीको घरपरिवार सहित आईतबार बसेको संयुक्त बैठकले नायक श्रीकृष्णको शवयात्राको बारेमा जनाकारी गराएको छ ।  संयुक्त बैठकबाट चलचित्र बिकास बोर्डले एक विज्ञप्ती जारी गरि शव यात्रामा सहभागी हुन सम्पुर्ण चलचित्रकर्मी तथा आम दर्शकलाई आग्रह गरेको छ । नायक श्रीको पार्थिव शरीरलाई २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रिसिभ गरिनेछ ।

Shree 2

हिजै श्रेष्ठको पार्थिव शरीर नेपाल ल्याउने भनिएपनि अस्पतालको सबै प्रक्रिया मिलाउनु परेको र फ्लाईटको सेड्युल नमिलेकले आज मात्रै उनको शव नेपाल ल्याईदैछ । आज १ बजेको फ्लाईटमा उनको पार्थिव शरिर नेपाल ल्याईने जानकारी आएको छ । दिल्लीबाट नायक श्रीको पार्थिव शरीर विमान एयर इन्डियाको फ्लाईटमा आउनेछ । नायिका स्वेता खड्का सहित परिवारका अन्य ६ जना सदस्य दिल्लीमै छन् ।

Shree 3

नायक श्रेष्ठको शवयात्रा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट शुरु हुनेछ । त्यसपछि सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, पुतलीसडक हुदै कमलादी स्थित प्रज्ञाप्रतिष्ठान पु¥याईनेछ । प्रतिष्ठानमा श्रद्वाञ्जलीका लागि तीन घण्टा राखिनेछ भने त्यसपछि अन्त्येष्टीका लागि बेलकुी ५.३० बजे कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुदै पशुपति आर्यघाटमा पु¥याईनेछ ।

नायक श्रीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिने बताईएको छ । त्यस्तै, प्रधानमन्त्री शुशिल कोईराला पनि श्रद्वाञ्जली अर्पण गर्न आर्यघाटमा उपस्थित हुन सक्ने जानकारी गराईएको छ । ‘यदि स्वास्थ्यले साथ दिएमा कलाकार श्रीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउन आर्यघाटमा प्रधानमन्त्री पुग्नुहुनेछ’ रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी गराए । त्यस्तै नेपाल सरकारका विभिन्न मन्त्रीहरु, उच्च ओहोदाका ब्यक्तित्वहरु भने प्रज्ञा प्रतिष्ठानमा आउने जानकारी चलचित्र पत्रकार प्रकास सुवेदीले दिएका छन ।

Shree 1

त्यस्तै, नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय मातहतको चलचित्र विकास बोर्डले कलाकार श्रेष्ठ प्रति सम्पुर्ण रुपले सम्मान प्रकट गर्दै अन्त्यष्टीको सम्पुर्ण खर्च बेहोर्ने निर्णय गरेको छ ।

श्रीको शवयात्रामा दर्शक तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिती हुने अनुमान गर्न सकिन्छ, किनभने आईतबारै प्रज्ञा प्रतिष्ठान र पशुपति आर्यघाटमा उनलाई अन्तिम पटक हेर्न चलचित्रकर्मी, पत्रकार र सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको थियो ।

शुरुमा घाटीको समस्या, त्यसपछि डिप निमोनियासँगै फोक्सोमा पानी जम्नु र बोन क्यान्सर, सबै कुराले एकैचोटी चापेपछि दिल्ली स्थित गंगाराम अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । नायक श्रीको २०२४ साल पौष २४ गते सिुन्धुपाल्चोकको घमथाङ्ग गाविसमा जन्म भएको थियो ।  उनको निधनले नेपाली चलचित्र क्षेत्रलाई अपुरणिय क्षति पुगेको छ । सबैसँग मिलनसार अनि स्वच्छ छवि भएका नायक श्रेष्ठको नायिका स्वेता खड्कासँग एक महिना अघिमात्र उनको विवाह भएको थियो ।

For More videos Log on to Mazzako TV