लिएर ‘डान्स विथ डन’, नेपाल आउदैंछन शाहरुख खान
बलिउडका ‘किंग खान’ शाहरुख नेपाल आउने भएका छन् । उनी नेपाल आएर नेपाली फ्यानहरुसँग मज्जाले नाच्नेछन् । कान्साई नेरोल्याक पेन्ट्सले आयोजना गर्ने एक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेको हुन् । शाहरुख नेरोल्याक पेन्ट्सको ब्रान्ड एम्बेसडर हुन् । कान्साई नेरोल्याकको ‘डान्स विथ डन’ नामको स्किममा बिजेताहरुले नायक शाहरुखसँग भेट्ने र सँगै नाच्ने अवसर पाउनेछन् ।
नेपालीहरुको महान चाड दशै तिहारलाई लक्षित गर्दै पेन्ट्ले ‘डान्स विथ डन’ स्किम बजारमा ल्याएको छ । यो स्किमको बारेमा जानकारी गराउदै नेरोल्याक पेन्ट्सका नेपाल प्रमुख सत्य प्रकासले भने ‘दशैंपछि शाहरुख डान्स विथ डनका लागि नेपाल आउनेछन’ । उनका अनुसार शाहरुख नेपाल आउने मिति कार्तिकलाई तोकिएको छ ।
भर्खरै सार्वजनिक गरिएको यो योजनाअनुसार प्रत्येक २५ हजार रुपैयाँको पेन्ट्स खरिदमा एउटा स्क्रयाच कार्ड प्राप्त गर्न सकिनेछ । कार्डलाई स्क्रयाच गरी एलइडी टिभी, फ्रिज, मोबाईल, घडी तथा शाहरुख खानको सिग्नेचर भएको पेनहरु पनि प्राप्त गर्न सकनेछ ।
For More videos Log on to Mazzako TV