बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई सरकारले नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुक्त गरेको छ । सरकारी मिडियाको ब्यवस्थापन नयाँ ढंगले गर्ने उदेश्यका साथ साहलाई नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुक्त गरिएको हो । सञ्चारमन्त्री मिनेन्द्र रिजालको पहलमा उनलाई एन टि भीको अध्यक्ष बनाईएको बताईन्छ ।

बिहिबार साँझ बसेको मन्त्री परिषदको बैठकले शाहलाई एन टि भीको अध्यक्षमा पदबहाली गरेको हो । शाहलाई नेपालमा पहिलो टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने श्रेय जान्छ । उनले २०४२ पश्चात नेपाल टेलिभिजनको सुरुवाती दिनहरुमा करिब १० बर्ष सरकारी टेलिभिजनको नेतृत्व गरेका थिए ।

Nir Shah PHoto new
‘सरकारको यो निर्णयबाट म अत्यन्त खुशी छु’ शाहले भनेका छन् ‘सरकारी मिडियामा नयाँपन ल्याउने कार्यमा कुनै ढिलाई हुने छैन’ । उनका अनुसार नेपाली दर्शकको टेलिभिजन स्वाद फरक भईसकेकोले दर्शकले खोजिरहेको क्वालिटीयुक्त कार्यक्रमहरु ल्याउनुपर्ने अहिलेको आवश्यकता हो । केही दिन अघि हृदयघात भएपछि यतिबेला स्वास्थ्य लाभ गरिरहेका शाहले आज (शुक्रबार)बाटै टेलिभिजन छिर्ने सम्भावना रहेको प्रतिक्रिया दिएका छन् ।

Neeer Shah

नीर यतिबेला उनले निर्देशन गरिरहेको चलचित्र सेतो बाघको पोष्ट प्रोडक्सतमा पनि ब्यस्त छन् । सेतो बाघ स्वं. डायमण्ड शमशेरको कृतिमाथि बनिरहेका फिल्म हो ।

For More videos Log on to Mazzako TV