मज्जाको अनलाईन, काठमाण्डौ, २०७१ श्रावण २२, बिहिबार

यो शुक्रबार नेपाली फिल्म बजारमा कलिउड, बलिउड र हलिउडका गरि ४ वटा  फिल्म प्रर्दशनमा आउदैछन् । । नेपाली सिनेमा तर्फ ‘कोहिनुर’ र ‘शीशा’, बलिउडमा ‘ईट्स इन्टरटेनमेन्ट’, र हलिउडबाट ‘लुसी’ शुक्रबारबाट रिलिज हुने सिनेमाहरु हुन् ।

Kohinoor

‘कोहिनूर’, अभिनेता श्रीकृष्ण श्रेष्ठको लगानीमा बनेको सिनेमा हो, जहाँ मुख्य भुमिकामा उनी स्वयं छन्  । नायक श्रीकृष्णको होमप्रोडक्सन नेपा फिल्मस् द्वारा ‘कोहिनूर’को निर्माण गरिएको हो । फिल्म ‘कोहिनूर’लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । २ घण्टा २८ मिनेट लामो एक्सन, लभस्टोरीले फिल्मले भारतमा बेचिएकी नेपाली युवतीको कथा भन्छ् । यसअघी २ फिल्ममा सगै काम गरिसकेका श्री र उन्की पत्नी स्वेता खड्का अभिनित यो तेस्रो फिल्म हो । यस अघी ‘कहाँ भेटीएला’ र ‘श्रीमान श्रीमती’मा उनीहरुले सँगै काम गरिसकेका छन् । फिल्म ‘कहाँ भेटीएला’ सुपरहिट भएतापनि ‘श्रीमान श्रीमती’ले भने सन्तोसजनक ब्यापार गर्न सकेको थिएन । अब ‘कोहिनूर’ ले कस्तो ब्यापार गर्छ यो भने प्रतिक्षाको विषय बनेको छ् ।

Sisa mazzakoonline

त्यस्तै शुक्रबार नै रिलिज हुने अर्को चलचित्र हो ‘शीशा’ । चलचित्र ‘शीशा’लाई आर बि के शरद ले निर्देशन गरेका हुन्  । चलचित्र ‘शीशा’मा जीवन लुईटेल उमा बेबी, निर्मल सेन्चुरी, रागिनी खड्गी, दिपेश भण्डारी लगातयले अभिनय गरेका छन् । चलचित्रलाई मधुशुदन ढकाल, बिराट थापा, महेशप्रसाद ढुंगेल र अजिता सुमार्गी ले मिलेर निर्माण गरेका हुन् । यस चलचित्रमा चर्चित भारतिय फुटबलर भाईचुंग भुटीयाको पनि अभिनय रहेको छ् । २ घण्टा १५ मिनेट लामो यस चलचित्रको अधिकांश सुटिङ्ग भारतको सिक्किममा गरिएको हो ।

Its Entertainment

बलिउड सिनेमा ‘ईट्स इन्टरटेन्मेन्ट’ पनि शुक्रबारबाटै प्रर्दशनमा आउदैछन् । चलचित्र ‘ईट्स इन्टरटेन्मेन्ट’मा ‘खेलाडी कुमार’ अक्षय र कुकुरबीचको रमाईलो सम्बन्धलाई देखाउन खोजिएको छ । चलचित्रमा अक्षयका अलावा मिथुन चक्रवती, प्रकाश राज, तमन्ना भाटिया, सोनु सुदले लगायतले अभिनय गरेका छन् ।  साजिद फरादले निर्देशन गरेको यस चलचित्रका निर्माता रमेश तौरानी हुन् । ‘ईट्स इन्टरटेन्मेन्ट’ले २ घण्टा २१ मिनेट दर्शकलाई बाँधेर राख्ने अपेक्षा गरिएको छ । चलचित्र कमेडी शैलीको छ ।

lusy

त्यस्तै शुक्रबारबाट नै प्रर्दशनमा आउने अर्को चलचित्र हो ‘लुसी’ । फ्रेन्च एक्सन फिल्मलाई लुक बेशनले निर्देशन गरेका हुन् । ताईपेइ र पेरिसमा छांयाकन गरिएको फिल्ममा स्कारलेट जोहान्सन , मोर्गान फ्रिम्यान, एमर वाकेडले अभिनय गरेका छन् । १ घण्टा ३० मिनेट लामो फिल्मलाई प्रशस्त एडल्ट दृश्यका कारण यो फिल्मलाई बालबालिकाले हेर्न पाउने छैनन् ।

–आशिष ओली

For More videos Log on to Mazzako TV