रनवीर कपुर र कटरिनाको प्रेम सम्बन्धले बलिउड गर्माइरहेको बेला एस्तै अक्रो ‘हट जोडी’को प्रेम सम्बन्धको चर्चा पनि खुबै चलेको छ बलिउडमा । यो जाडीले आउने बर्षसम्म विहे गर्न पनि सक्ने भनि भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यो जोडी हो रनवीर सिंह र दिपिका पादूकोणको ‘स्वीट जोडी’ ।

Ranbir Deepika kiss
अहिले बलिउडको ‘हट केक’ जोडी मानिएका रणविर सिहं र दिपिका पादुकोण जब संजयलिला भंसालीको फिल्म ‘रामलिला’ मा संगै काम गरे, तबदेखि नै उनीहरु प्रेममा रहेको कुरा बाहिरीएको थियो । त्यसपछीका दिनहरुमा उनीहरु पार्टीहरुमा सँगसँगै देखिन थालेका थिए । रणवीर दिपिकाका विभिन्न रोमान्सका कुराहरु पनि बाहिरीएका थिए । यतिबेला भने उनीहरुलाई लिएर विवाहको खबरहरु आईरहेका छन्, बताईएअनुसार यो जोडीको आगामी साल विहे हुनसक्छ  ।

Ranbbir Deepika

यो जोडीसँग काम गरिसकेका एक निर्देशकको भनाईलाई आधार मान्ने हो भने ‘यो जोडी एक अर्कालाई लिएर निकै सिरियस भईसकेको छ, र आफ्नो सम्बन्धलाई चाडै विवाहको रुप दिनेवाला छ’ । जोया अख्तरको अपकमिङ्ग फिल्म ‘दिल धड्कने दो’का सुटिङ्ग क्रु सबैले यो जोडीको प्रेम प्रसंगको बारेमा आफुहरु जानकार भएको प्रतिक्रिया दिएका छन् ।

Ranbir Deepika
रनवीर सिंह लिड रोलमा रहेको यस चलचित्रको सुटिङ्ग सेटमै नायिका दिपिका पुग्ने गरेको घट्नाले पनि उनीहरु आफ्नो रिलेसनलाई लिएर निकै सिरियस रहेको बताउछ । स्रोतको कुरा उल्लेख गर्ने हो भने ‘यो जोडीले बिहे त पक्कै गर्छन, तर छिटो या ढिलो त्यो चाहि भन्न सकिन्न’ ।

For More videos Log on to Mazzako TV