फुच्चे निर्देशकको काम, गिनिज बुकमा लेखिएला त नाम ?
फिल्मको नाम हो ‘लभ यू बाबा’ । चलचित्रका निर्देशक फुच्चे छन्, दुई कक्षामा पढ्दै गरेका आठ बर्षिय बालकले फिल्मको निर्देशन कसरी गर्लान ? कौतुहलता सबैलाई भईरहेको छ । नायक गजित बिष्टका छोरा सौगातले चलचित्रको निर्देशन गर्न लागेको जानकारी गराईएको छ ।
राजधानीमा बुधबार पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको छ । आफ्ना परिवारका सबै सदस्यहरुले चलचित्रबाट अवार्ड पाएको सुनाउदै आफुले पनि चलचित्र क्षेत्रबाटै अवार्ड पाउन चलचित्र निर्देशन गर्न लागेको फुच्चे निर्देशकले सुनाए । ‘मेरो बाबा एक्टर । फिल्म खेलेर अवार्ड पाउनु भयो । दिदीले पनि फिल्म खेलेरै अवार्ड पाउनु भयो । काकाले नाचेर अवार्ड पाउनु भयो, मैले चाहि के गरेर अवार्ड पाउने त ? फिल्म निर्देशन गरेर अवार्ड पाँउछु भनेर निर्देशन गर्न लागेको हुँ’, रमाईलो बोल्ने शैलीमा बाल निर्देशक सौगात बिष्टले सुनाए ।
यता, सौगतका पिता नायक गजितले छोराको प्रतिभा देखेर चलचित्र निर्देशन गर्न सक्छ भन्नेमा आफु ढुक्क रहेको बताएका छन् । साथै सौगतलाई ‘सबैभन्दा कान्छो चलचित्र निर्देशक’ भनि गिनिज बुक अफ बल्र्ड रेकर्डस्मा नाम लेखाउने प्रक्रिया शुरु भईसकेको पनि नायक गजितले जानकारी गराएका छन् ।
चलचित्र ‘लभ यू बाबा’मा गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल, अर्जुन गुरुङ्ग, राजु बजाज, सुरेन बसेल लगायतको अभिनय रहने बताईएको छ । चलचित्रमा गजितकी छोरी संगम बिष्ट पनि रहनेछिन् । त्यस्तै, चलचित्रमा सञ्चारकर्मी सुब्रत आचार्य र नायिका अनु शाहको पनि बिषेश भुमिका रहनेछ । यता, चलचित्र राम्रो बनेमा सब टाईटलको लागि चलचित्र बिकास बोर्डले दुई लाख सम्म सहयोग गर्ने अध्यक्ष धर्मेन्द्र मरवौताले वचन दिएका छन् ।
For More videos Log on to Mazzako TV