Himmatwali 1

‘मलाई पागल बनाउने धडकन मेरो बढाउने कतै तिमी नै त होईनौं’, भन्दै दुबै हात नभएका सुर्दशन गौतम ‘हिम्मतवाला’ ‘काली’ नायिका रेखा थापा ‘हिम्मतवाली’लाई सम्झिएर, कल्पिएर, उनकै यादमा हराएर पागलै हुन लागिसकेको देखिन्छ । सुर्दशन रेखाको यादमा चुर्लुम्म डुबेका छन्, उनको तस्वीर खुट्टाले नै कोरेका छन्, समग्रमा हेर्दा उनी दिउसै सपना देखि मस्त भईरहेका छन् ।

Himmmatwali 2

Himmatwali 3

चलचित्र ‘हिम्मतवाली’को भर्खरै सार्वजनिक गरिएको गीतमा देखिएको दृश्यांश हो । भर्खरै युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतमा स्वर तथा संगीत टंक बुढाथोकीको रहेको छ । फुलपातीबाट रिलिज गर्न लागिएको चलचित्र ‘हिम्मतवाली’को भर्खरै सार्वजनिक गरिएको गीत ‘लभ सङ्ग’ भएको बताउदै नायिका थापाले भनिन् ‘गीतको मर्मले सबै नेपालीको मन छुन्छ भन्ने आशा लिएकी छु’ ।

चलचित्र ‘हिम्मतवाली’मा नायिका रेखा थापा र दुबै हात नभएका सुर्दशन गौतमलाई मुख्य भुमिकामा देख्न सकिन्छ । चलचित्रकी नायिका रेखा थापाले नै निर्माण तथा निर्देशन गरेको चलचित्र ‘हिम्मतवाली’को रिलिज लभ सङ्गमा उनले नै कोरियोग्राफी गरेकी हुन् ।

 

For More videos Log on to Mazzako TV