बिर्खेको नयाँ रुप, के छ ठगेको प्रुफ ? (भिडियो बोल्छ)
‘कतिलाई ठगिस आजसम्म, ल भन’, एक थप्पड हान्दै बिर्खेलाई यस्तो प्रश्न सोधिन्छ । यो प्रश्नको जवाफ उनले के देलान ? के उनी साच्चै ठग हुन् ? या होईनन् ? यो जिज्ञासा तपाईलाई पनि हुन सक्छ, यति तपाईले भर्खरै रिलिज गरिएको ‘बिर्खेलाई चिन्छस्’को ट्रेलर हेर्नुभएको छ भने । तर यर्थाथ के हो थाहा पाउन भने भदौ २० गतेसँम्म पर्खनै पर्छ ।
‘चलचित्रको ट्रेलर हेर्नु भएको छैन ? साच्चै ???’ हेर्नु भएको छैन भने पनि चिन्ता नलिनुस् । बरु तल छ ट्रेलर, हेरिहाल्नुस् ।
एक महिना अघि चलचित्रको टिजर रिलिज गरेर चलचित्रको हाईप निकै बढाएका निर्माता सुवास थापाले चलचित्रको नयाँ ट्रेलर पनि रिलिज गरेका छन् । युट्युब मार्फत रिलिज गरिएको चलचित्रको ट्रेलरलाई दर्शकले टिजरलाई झै माया गर्ने कुरामा निर्माता तथा नायक सुवास थापा विश्वस्त देखिएका छन् । चलचित्र ‘बिर्खेलाई चिन्छस्’को निर्देशन अराज केशवले गरेका हुन् ।
भदौ २० गतेबाट प्रर्दशन हुन लागेको चलचित्र ‘विर्खेलाई चिन्छ्स’मा सुवासका अलावा आयुशा राई, बिनिता खड्का, सुरेश उप्रेती, बालदिप राई, सुरविर पण्डित, शिशिर राणा, निर्मल शर्मा, लुनिभा तुलाधर, सिसिर भण्डरी लगायतको अभिनय हेर्न पाईन्छ ।
मोहित मुनालको संगीत रहेको यो फिल्ममा गोविन्द राई र गम्भिर विष्टको संगीत रहेको छ । मोहित मुनाल, प्रश्ना शाक्य र सन्तोष लामाले फिल्ममा स्वर दिएका छन् । निरज कँडेल र रामशरण उप्रेती फिल्मका छायाँकार हुन् ।