सिनेमा प्रति सधै बफादार, हेरौं आमिरको अर्को नयाँ अवतार
नायक आमिर खानका फयनहरुको लागि बहुप्रतिक्षित बनेको फिल्म ‘पिके’को पोष्टर सार्वजनिक गरिएको छ । जसमा आमिर पुरै न्युड अवतारमा देखिएका छन् । आफ्ना हरेक फिल्ममा केहि नयाँ प्रस्तुती दिन चाहने आमिरले फिल्म ‘पिके’को पोस्टरमा पनि केही नयाँपन गर्न खोजेको देखिन्छ ।
चलचित्रको पोस्टरमा आमिरले आफ्नो सुगठिलो शरिरलाई एउटा रेडियोले छोपेका छन् । हालै आफ्नो टुइटर एकाउन्टमा ‘पिके’को पोस्टर पोस्ट गरेका आमिर आफ्ना फ्यानहरुबाट चलचित्रको बारेमा सल्लाह सुझाव लिन चाहन्छन् ।
फिल्म ‘पिके’लाई राजकुमार हिरानीले निर्देशन गरेका हुन भने फिल्ममा आमिरको साथमा अनुष्का शर्मा, शुसान्त सिंह राजपुत, बोमन इरानी, संजय दत, राम सेठी र रिमा देबनाथको महत्वपुर्ण भुमिका रहेको छ् । फिल्म यहि बर्षको डिसेम्बर १९ मा रिलिज हुदैछ् ।
For More videos Log on to Mazzako TV