लाहुरेको ताण्डव बोली, मज्जाले सुनौं कान खोली
युवापुस्तामा निकै लोकप्रिय र्यापर ‘लाहुरे’ अर्थात आशिष रानाले पहिलोपटक अभिनय गरेको चलचित्र ‘ताण्डव’को लागि गोली मात्र होईन बोलीको ताण्डब पनि देखाएका छन् । भदौ ६ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘ताण्डव’को शीर्ष गीतमा लाहुरेको स्वर सुन्न पाईन्छ । र्याप ब्याटलबाट चर्चित बनेका लाहुरेले ‘ताण्डव’को लागि तयार पारिएको यस गीतलाई आफै लेखेका हुन् ।
भर्खरै सार्वजनिक गरिएको चलचित्रको शीर्ष गीतले दर्शकको मन जित्नेमा निर्माण युनिट विश्वस्त देखिएको छ । ‘गीतको शक्तिशाली शब्द र माधुर्य संगीतले विषेशत तन्नेरी पुस्ताको मन जित्छ भन्ने लागेको छ’, चलचित्रका निर्माता मोहन डोटेल यस्तो प्रतिक्रिया दिन्छन् ।
स्म्यासिङ्ग एप्पलको दोस्रो प्रस्तुती चलचित्र ‘ताण्डव’लाई विदेशी निर्देशक मुर्रे केरले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, अनुप बराल, एलेन गुरुङ्ग, बिपिन कार्की, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV