मज्जाको अनलाईन, काठमाडौं, २०७१ श्रावण १५, बिहिवार

नायक जिवन लुईटेल र नायिका बर्षा शिवाकोटीले नयाँ चलचित्रमा जोडी भएर सँगै काम गर्ने भएका छन् । चलचित्रको नाम ‘रामलिला’ राखिएको छ । ‘रामलिला’को विहिबार निर्माणको औपचारिक घोषणा गरियो । निकै नाटकिय शैलीमा गरिएको चलचित्र निर्माण घोषणामा ‘राम’ बनेका जीवनले आफ्नी ‘लिला’ अर्थात नायिका बर्षा शिवाकोटीलाई कार्यक्रममा निकै खोजे ।

“राम बनेपछि लिला त पक्कै पनि चाहियो नै, मेरो लिला बन्ने कोही हुनुहुन्छ ?” नायक जिवन लुईटेलले सोधे । आफु बसिईरहेको ठाँउबाट उठेर आफै लिला खोज्न थाले । सबैको सिट सिटमा पनि उनले लिलालाई फेला पार्न सकेनन् । अन्तत अन्तिम ‘रो’ मा उनले आफ्नी ‘लिला’ अर्थात नायिका बर्षा शिवाकोटीलाई फेला पारे । उनलाई हातमा समाएर सबैको सामु लिएर आए र उनी नै हुन मेरी लिला भनी सबैको सामू परिचय गराए ।

sisa nepali movie 3

चलचित्र ‘काफ्ल पाक्यो’ को सुटिङ्ग बे्रक गरेर ‘शीशा’को प्रेसमिटमा पुगेका जीवनले ‘रामलिला’को औपचारिक घोषणाको नाटकीय प्रस्तुती पनि दिन भ्याए । चलचित्र ‘शीशा’को प्रेसमिटमा नयाँ चलचित्र निर्माणको नाटकीय घोषणाले उपस्थित सबैलाई एकछिन अलमल बनायो ।

sisa nepali movie

चाडै फ्लोरमा जान लागेको चलचित्र ‘रामलिला’का निर्देशक आर बि के शरद हुन् । उनी निर्देशित चलचित्र ‘शीशा’ यही श्रावण २३ गते श्रीकृष्ण श्रेष्ठले बनाएको ‘कोहिनूर’सँग भिड्दैछ । चलचित्र ‘शीशा’लाई लिएर नायक जीवन लुईटेल निकै उत्साहित छन् । अरुबेला प्राय सधै चलचित्रको पत्रकार भेटघाट कार्यक्रममा कविता सुनाउने नायकले यसपाली भने चलचित्रको गीत गाएर सुनाए । चलचित्र ‘शीशा’को ‘मखमली नयन’सँगै बोलको गीत गाएर सुनाउदा माहोल निकै सांगितिक बन्यो ।

sisa nepali movie 4

चलचित्र ‘शीशा’मा जीवनका अलावा निर्मल सेन्चुरी, उमा बेबी, रागिनी खड्गी, शर्मिला मल्ल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई मधुसुदन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल र विराट थापाले मिलेर बनाएका हुन् । लक्की सिटौला र मनोज सिंहको संगीत रहेको चलचित्र ‘शीशा’मा अष्ट महर्जनको द्वन्द निर्देशन रहेको छ ।

-आशिष ओली

For More videos Log on to Mazzako TV