दुई पोष्टर सेम सेम, फरक छुट्याउनुस् खेली ताण्डव गेम
चलचित्र प्रचारप्रसारको नौलो तरिका अपनाउदै चलचित्र ‘ताण्डव’ निर्माण युनिटले इन्टरनेट प्रयोगकर्ताहरुका लागि डिजिटल गेम लन्च गरिएको छ । गेममा सहभागी हुन ‘ताण्डव’ फिल्मका दुई पोष्टर मध्ये एक पोष्टरबाट ड्रयाग गरि अपुरो पोष्टरमा खाली ठाँउ भर्नुपर्ने हुन्छ ।
मोहन डोटेलले बनाएको चलचित्र ‘ताण्डव’को यो प्रचार शैली निकै रमाईलो र रोचक देखिन्छ । दर्शकहरुको चासो नेपाली चलचित्रमा अझ बढोस् भन्ने हेतुले डिजिटल गेम लञ्च गरिएको डोटेलको भनाई छ ।
भदौ ६ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘ताण्डव’मा नम्रता श्रेष्ठ, र्यापर लाहुरे अर्थात आशिष राना मुख्य भुमिकामा छन् । चलचित्रमा अनुप बराल, एलिन गुरुङ्ग विपिन कार्की, प्रमोद अग्रहरी लगातयले पनि अभिनय गरेका छन् । चलचित्रलाई विदेशी निर्देशक मुर्रे केरले निर्देशन गरेका हुन् ।
For More videos Log on to Mazzako TV