नायिकाहरुले सुपरस्टार हिरोहरुसँग फिल्ममा काम गर्न चाहेको समाचारहरु त हामीले बेला बेला पढ्दै र सुन्दै आएका नै छौं । यो बिषय त्यति नौलो बिषय पनि नहुन सक्छ । तर, बलिउडमा केही त्यस्ता नायकहरुपनि छन्, जो बिषेश गरेर सुपरस्टार ‘दबंग खान’ अर्थात सलमानसँग फिल्ममा सँगै देखिन चाहान्छन् ।

हिरोईन संगको रोमान्समा बढि खुल्न सक्ने, ‘सिरियल किसर’को उपाधी समेत प्रप्त गर्न सफल  अभिनेता इमरान हासमी अब भने कुनै सेक्सी हिरोईन संग नभई सुपरस्टार सलमान खान संग फिल्ममा सँगै देखिन चाहन्छन् । ‘राम्रो स्क्रिप्ट भएमा अवश्य पनि सलमान संग फिल्म खेल्ने चाहना छ’ हासमीको भनाई यस्तो छ ।

Imran hasmi Salman khan 1
केहि दिन अघि फिल्म हल बाहिर खुलेरै सलमान अभिनित चलचित्र ‘किक’को टिकट बेच्दै गरेका, अभिनेता इमरान हासमीले अहिले सम्म भने सलमान र आफुलाई सुहाउदो कुनै पनि स्क्रिप्ट आफ्नो सामु नआएको बताएका छन् ।

२०१३ मा प्रर्दशनमा आएको घनचक्करबाट सोचेजति सफलता नपाएका इमरान यतिबेला भने चाडै रिलिज हुने क्रममा रहेको “राजा नटवरलाल”को प्रचार प्रसारका व्यस्थ छन् । जसमा उनि एक ठगको भुमिका मा देखिदैछन् ।

For More videos Log on to Mazzako TV