Lajja

नायक आर्यन सिग्देल र नायिका शिल्पा पोख्रेल अभिनित चलचित्र ‘लज्जा’को गीत सार्वजनिक गरिएको छ । गीतमा नायक नायिकाले खुलेरै रोमान्स गरेको देख्न सकिन्छ । चेतन सापकोटाको संगीतमा राज सिग्देलले गाएको ‘के भयो’ बोलको गीतलाई दर्शकले निकै रुचाईरहेको निर्माण युनिट बताउछ । गीतमा किरण खरेलको शब्द रहेको छ भने गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

यता, नायिका शिल्पाको कामको पनि चर्चा शुरु भईसकेको छ । छविराज ओझाको ब्यानरमा प्रवेश पाएसँगै उनको चर्चा चुलिन थालेको हो । आफ्नो फिल्मी करियरको डेब्यु चलचित्रमा नै उनी हटकेक आर्यनसँग काम गरेकी छिन् ।
छविराज प्रोडकसनको ब्यानरमा बनेको चलचित्र ‘लज्जा’लाई नवल नेपालले निर्देशन गरेका छन् । चलचित्र कार्तिक ७ गतेदेखि प्रर्दशनमा आउने बताईएको छ ।

For More videos Log on to Mazzako TV