सलमान खान र ऋतिक रोशन, बढी पारिश्रमिक लिने जो छन् ।
बलिउडका महंगा नायक को ? भन्ने बिषयमा यतिबेला बहस नै चल्न थालेको छ । केहि दिन अगाडि मिडियामा ऋतिक रोशनको पारिश्रमिकको बारेमा खुबै समाचारहरु आए, जसमा ऋतिकले आशुतोष गोवारीकरको फिल्ममा काम गरेवापत ५० करोड भारु लिएको बताईएको छ । तर ऋतिकले यो खबरलाई नत पुष्टी नै गर्न सके, नत खन्डन नै, तर पनि यो नै महंगो पारिश्रमिक हो भनि प्रचार भने निकै गरियो ।
बलिउडमा साहरुख, आमिर, र सलमान कुनै पनि फिल्म खेलेवापत पारिश्रमिक लिईसकेपछि पनि फिल्मको प्रोफिटबाट अरु केहि रकम असुल्ने गर्दछन, त्यसैले गर्दा उनिहरुको पारिश्रमिक घट बढ हुने गर्दछ ।
ऋतिकले लिएको उक्त रकमलाई सबैभन्दा महंगो भनिएपछि सलमान खानले ‘किक’मा लिएको पारिश्रमिक पनि बाहिरिएको छ । ‘किक’ फिल्ममा काम गरेबापत सलमानले ६० करोड भारु लिएको बताईन्छ । अब महंगो को त ? भन्ने चर्चा यतिबेला बलिउडमा चल्न थालेको छ ।
त्यस्तै सलमानले किक फिल्मको संगीत र स्याटेलाईट अधिकार पनि आफैले लिएका छन । उनले आफ्ना फिल्महरुको स्याटेलाईट डिल आफैले लिने गरेका छन् ।
सलमान खान द्धारा अभिनित ‘किक’ले यतिबेला बक्स अफिसमा धमाल मच्चाईरहेको खबरहरु बाहिरिएका छन् । फिल्मसाजिद नाडियावाला निर्देशित ‘किक’ले १ विकेन्डमा क्रमसस् २६, २७.५०, र ३० करोड सहित अहिले सम्म ८३.५० करोड कमाएको बताईन्छ ।
For More videos Log on to Mazzako TV