My Promise 1

मेनपावर कम्पनीको झुठा आश्वासनले विदेशमा निम्त्याउने परिणाम र लाहुरे मनको कथा बोकेको चलचित्र हो, ‘मेरो वाचा’ अर्थात सक्कली नाम ‘माई प्रमिश’ । चलचित्र ‘माई प्रमिश’ यतिबेला चलचित्र प्रोमोशनको देश दौडाहमा छ । चलचित्र पब्लिसिटीको लागि धरान, बिराटनगर, चितवन हुदै भर्खरै काठमाण्डौं फर्किएको फिल्म टोलीले जानकारी गराएअनुसार चितवनमा चलचित्रको च्यारिटी सो गरिनेछ ।

My Promise 2
चलचित्र पत्रकार संघ चितवनको सहयोगार्थ आगामी भदौ १३ गते शुक्रबार चलचित्रको च्यारिटी सो गरिदैछ । हरितालिका तीजको अवसरमा चितवनको गणेश चित्र मन्दिर, नारायणगढमा चलचित्र ‘माई प्रमिस’ देखाईने भएको हो ।

टीआरएनजी प्रोडक्सनको प्रस्तुतीमा निर्मित चलचित्र ‘माई प्रमिस’लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । फिल्ममा केकी अधिकारी, रमेशचन्द्र राई, नरकुमार लिम्बु,  विल्सन बिक्रम राई, अनुरागमान सिंह कुवँर लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको सार्वजनिक प्रर्दशन तिहार पछि गरिने बताईएको छ ।

For More videos Log on to Mazzako TV