Priyanka Karki

अभिनेत्री प्रियंका कार्की र चलचित्र पत्रकारबीचको बिबाद समाधान भएको छ । अभिनेत्री कार्कीको फोटो प्रकरणलाई लिएर उनले फेसबुक स्टाटस मार्फत प्रेस बिरुद्ध अभिव्यक्ति दिएपछि उनि बिरुद्ध चलचित्र पत्रकार संघका सदस्य जीवन कुमार पराजुलीले अभिनेत्री कार्कीको अभिव्यक्तिलाई लिएर संघमा उजुरी हालेका थिए ।

प्रेसको मर्यादा भुल्न नहुने भन्ने बिषयमा अभिनेत्री प्रियंका कार्कीसँग चलचित्र पत्रकार संघले वहस थालेको थियो । सुरुमा पत्रकारलाई नै गाली गलौज गर्दै स्टाटस लेखेर ईडिट गर्दै अन्त्यमा हटाएकी कार्कीले आईतवार चलचित्र पत्रकार संघलाई सम्वोधन गर्दै लेखेको पत्रमा तत्कालिन अवस्थामा आवेगमा आफुले सो स्टाटस राखेको र प्रेसको सम्मान गर्दै स्टाटस हटाएर अभिव्यक्ति फिर्ता लिएका कारण जनाएकोले अभिनेत्री कार्कीसँगको विवाद टुङ्गिएको संघद्वारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

priyanka sign
आगामी दिनमा पनि कुनै चलचित्रकर्मीवाट प्रेस जगतको मर्यादा उल्लङ्घन नहोस र पत्रकारहरुवाट पनि प्रेसको मर्यादा कार्यान्वयन गर्दै कार्यरत रहन चलचित्र पत्रकार संघले अनुरोध गरेको छ । सके सम्म कलाकार होस् वा पत्रकारवाट बिबाद आउने काम नै नगर्न र कथंकदाचित आइहालेमा चलचित्र पत्रकार संघ सहजीकरण भूमिका निभाउन सदैव तत्पर रहेने कुरा पनि प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

For More videos Log on to Mazzako TV