निर्देशकको आँखामा आँसु, श्रीकृष्णको अवस्था बारे सबैको चासो
हनिमुन बहानामा झण्डै दुई हप्ता देखि हराईएका रहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था के छ भन्ने बिषयमा सबैको चासो बढेको छ । तीन दिनका लागि भनि हनिमुन मनाउन हिडेको श्री र स्वेताको जोडी चलचित्रको ‘कोहिनूर’ रिलिजको संघारमा पनि नेपाल नर्फकनाले कतै उनको अवस्था गम्भीर बन्दै गईरहेको त छैन ? भन्ने अडकलबाजी पनि काट्न थालिएको छ ।
आईतबार राजधानीमा चलचित्रको बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाटमा श्रीलाई मिस गर्दै ‘कोहिनूर’ निर्देशक आकास अधिकारीले आशु झारेपछि श्रीको अवस्था बारे शंका आशंका थप बढेको हो ।
‘यदि आज श्रीजी हामीसंग हुनु हुन्न उहाँ हुनु भएको भए उहाँ कि मेरो दाया कि बाया देख्नुहुन्थ्यो तपाईहरुले’, अन्तिम बक्ताका रुपमा बोल्दै गर्दा निर्देशक अधिकारी भाब ब्यहोल हुँदै भक्कानिएका थिए ।
विवाह पश्चात श्री र स्वेता हनिमुन बहानामा सिम्ला जाने भनिएपनि अस्पताल भर्ना भएको खबर मिडियामा आएको थियो । यध्यपी कुन अस्पतालमा श्रीको उपचार भईरहेको छ त्यो स्वयम परिवालाई थाहाँ नभएको स्थिती छ । उनीहरु दिल्ली छन् कि बैङकक त्यो समेत अन्योलको स्थिती छ ।
श्रीका भतिज सञ्जयका अनुसार केहि दिन देखि स्वेताको फोन समेत रिसिभ नभईरहेको अवस्था छ त्यसैले परिवारका सदस्यमाँझ पनि श्रीको अवस्थालाई लिएर अन्यौल तीब्र छ । ‘अब काकाको अवस्था बुझ्न सायद हामी आपैm निस्कन्छांै होला’, उनको भनाई यस्तो छ ।
सुख्खा खोकी देखिएका कारण श्रीको समस्या सिधा फोक्सोमा भएको हुन सक्ने धेरैल अनुमान गरेका छन् । गत असार २३ गते विवाह बन्धनमा बाधिएकै दिन श्री अस्वस्थ देखिएका थिए । सो रात उनलाई अस्पताल भर्ना गर्ने तयारी पनि गरिएको थियो तर घर पुगेपछि अवस्थामा केही सुधार हुँदा उनलाई त्यस दिन अस्पताल भर्ना गर्नु परेन । दशक अघि उनलाई अल्सर हुँदा विभिन्न रोग देखा परेको थियो ।
श्रीलाई डक्टरले केही महिना देखि आफ्नो तौल ७० केजी भन्दा माथि नबढाउन सुझाव दिएका थिए । विहेको दिन सम्म आईपुग्दा श्रीको तौल ७९ बाट ७१ केजीमा झरेको थियो ।
विरामी भएका कारण मेघा बजेटको श्रीको फिल्म ‘कोहिनूर’को रिलिज डेट सर्ने तर्कहरु पनि बाहिरिएका छन् । तर, श्रीका भिनाजु चन्द श्रेष्ठले यो खबरलाई गलत भनेका छन् । उनले भनेका छन् ‘विरामी भएको खबरले रिलिज डेट सर्छ कि भन्ने खबर पूर्ण गलत हो, कोहिनूर श्रावण २३ गते नै रिलिज हुनेछ’ ।
For More videos Log on to Mazzako TV