आफु अभिनित  फिल्ममा गित गाउने चलन बलिउडमा अहिले खुबै चलेको देखिन्छ । अभिनेत्री आलियाले ‘हम्टी शर्मा की दुल्हनिया’मा, सलमान खानले ‘किक’मा गीत गाए, जुन निकै चर्चित पनि बन्यो । यतिबेला पुन बलिउडमा अक्षय कुमारले गाएको गीतको चर्चा छ । उनले चलचित्र इट्स इन्टरटेन्मेन्टमा गीत गाएका छन् ।

Akshay kumar
चलचित्रका लागि अक्षयले गीत गाईसकेपछि गीतको बिषयमा आफै टुईट पनि गरेका छन् । टुईटरमा गीतको लिंक दिदै उनले आफ्ना फ्यानहरुलाई ‘इट्स इन्टरटेनमेन्टको नयाँ गितको मज्जा लिनुहोस्’ भनि लेखेका छन् ।


फिल्म इट्स इन्टरटेनमेन्ट को निर्देशन फरहाद साजिद ले गरेका हुन् । साजिदले यसअघि ‘हाउसफुल २’ बनाएका थिए । उनले ‘बोस’को पटकथा र डाईलग पनि लेखेका हुन् ।

फिल्म ‘इट्स इन्टरटेनमन्ट’मा अक्क्ष्यको अपोजिटमा तमन्ना भाटिया रहेकी छिन् । जुन चलचित्र आउदो शुक्रबारबाट प्रर्दशनमा आउदैछ ।

For More videos Log on to Mazzako TV