नायिका रेखा थापासँग विभिन्न कारणहरुले गर्दा मनमुटाव भई चलचित्र ‘हिम्मतवाली’मा काम गर्दागर्दै बीचैबाट निक्लिएका श्याम भट्टराईलाई रेखा पूर्वपति छवि ओझाले पुन चलचित्र निर्देशनको जिम्मेवारी दिएका छन् । छविले चलचित्र ‘लंका’को सिक्वेल बनाउने भएका छन्, जुन चलचित्रको लागि उनले श्यामलाई निर्देशकको रुपमा लिएका छन् ।

Shyam Chhabi Silpa

तिहार पछि फ्लोर ज्वाईन गर्ने ‘लंका २’ मा नायिकाको रुपमा शिल्पा पोखरेल रहने सम्भावना प्रबल रहेको बुझिएको छ ।  छविका लगातार दुई चलचित्रमा नायिका बनेकी शिल्पा पोखरेल नै ‘लंका २’की नायिका बन्ने संभावना देखिएको छ । शिल्पालाई आँफैले चलचित्रमा डेब्यू गराएका छविले ‘लज्जा’ र ‘हवल्दार सुन्तली’मा शिल्पालाई नायिका बनाएका छन् । यि दुवै चलचित्र रिलिज भएका छैनन् । ‘लज्जा’ कात्तिक ७ देखि र ‘हवल्दार सुन्तली’ चैत्र २८ मा प्रदर्शन हुदैछ ।

चलचित्र ‘लंका २’ नारी प्रधान चलचित्र बन्ने बताईएको छ । अब हेर्न बाँकी छ रेखा बिनाको लंका कस्तो बन्ने हो ?

For More videos Log on to Mazzako TV