देश संविधान विहिन बनिईरहेको बेला विर्खेले पनि संविधान माग्ने भएको छ । भदौ २० गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘विर्खेलाई चिन्छस्’ ले सांकेतिक विरोध स्वरुप संविधानको माग गर्दै पैदल यात्रा गर्न लागेको हो । ‘विर्खे आम नेपालीको प्रतिनिधि पात्र हो’, चलचित्रका निर्माता तथा नायक सुवास थापाले भने ‘देशको राजनैतिक अवस्थाले गर्दा अरु कुनै पात्रले फेरी विर्खे बन्नु नपरोस् भनेर यो अभियान थालिएको हो, सगै चलचित्रको प्रोमोशन पनि गर्नु हो’ ।

Birkhe

श्रावण १८ गते ‘बिर्खेलाई चिन्छस्’ युनिटले माईतीघर मण्डलाबाट संविधान सभा भवनसम्म शान्तिपुर्ण पैदल यात्रा गर्ने योजना बनाएको छ । संविधान सभा भवन अघि पुगपछि कोणसभा गरिने पनि निर्माताले जानकारी गराएका छन् । बिर्खेलाई संविधान देउ लेखिएको प्लेकार्ड सहित हुने पैदल यात्रामा विभिन्न कलकार, रंगकर्मी, साहित्यकार र आम नागरिकहरुको सहभागिता रहने बताईएको छ ।

चलचित्र विर्खेलाई चिन्छस् अराज केशवले निर्देशन गरेका हुन् । चलचित्रमा सुवास थापा, आयुषा राई, बिनिता खड्का, सुरेश उप्रेती, शिशिर भण्डारी लगायतको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV