कलाकार पुगे सिंहदरबार अगाडी, पुग्ला त बाबुराम भट्टराईको भविश्यवाणी ?
संवैधानिक राजनीतिक संवाद तथा सहमती समितीका संयोजक तथा एकिकृत माओवादी नेता डा. बाबुराम भट्टराईले नयाँ संविधानमा चलचित्र क्षेत्रका मागहरुलाई समेटिने ग्यारेन्टी सहितको भविश्यवाणी गरेका छन् । विहिबार कलाकारहरुसँग सिंहदरबारमै भेटघाटको कार्यक्रम राखी उनले सो कुरा बताएका हुन् ।
डा. भट्टराईलाई भेट्न आज बिहान १० बजे चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्काको नेतृत्वमा चलचित्र कलाकारहरु र पत्रकारको टोली सिंहदरबार पुगेको थियो । डा भट्टराईलाई भेट्न बसुन्धरा भुषाल, निशा अधिकारी, गौरी मल्ल, रामकेशर बोगटी, रमेश बुढाथोकी, बिजय देउजा लगातय १५ जनाको टोली सिंहदरवार गएको थियो । भेटघाटको क्रममा ‘मौलिक हक’ र ‘राज्यको दायित्व’ बिषयक दुई बुदे सुझाव पनि प्रस्तुत गरियो ।
आफ्ना सुझावहरु लिखित रुपमै लिएर आएको प्रति डा.भट्टराईले निकै चासो दिएको कलाकार संघका अध्यक्ष खड्काले जानकारी गराएका छन् । अन्य पार्टीका शिर्षस्त नेताहरुलाई पनि यो बिषयमा मौखिक जानकारी गराईएको खड्काले बताएका छन् ।
जसअन्तरर्गत ‘मौलिक हक’मा ‘चलचित्र अभिब्यक्ति सम्प्रेषणको सशक्त माध्यम भएकाले चलचित्र निर्माण गर्न वा प्रर्दशन गर्न कुनै प्रतिबन्ध लगाईने छैन’ भनि लेखिएको छ । ‘राज्यको दायित्व’ अन्तरर्गतको बुदामा भने ‘राज्यले राष्ट्रिय चलचित्र विकासको लागि चलचित्रलाई र्सिजनशील, सांस्कृतिक उद्योगको रुपमा स्थापित गरि राष्ट्रिय चलचित्र विस्तार, विकास एवं संरक्षणका लागि सकारात्मक बिभेदका आधारमा विशेष ब्यबस्था गर्ने निति अबलम्बन गर्नेछ’ ।