नेपाली सिनेमा क्षेत्रमा ‘राते काइँला’को उपनामले चर्चित कलाकार सुनिल थापाले बलिउड नायिका प्रियंका चोपडालाई बक्सिङ्ग सिकाएका छन् । नायिका चोपडालाई ‘मेरी कोम’ नामक चलचित्रमा थापाले बक्सिङ्ग सिकाएका हुन् । बायोपिक सिनेमा ‘मेरी कोम’मा प्रियंकाको बक्सिङ्ग गुरुको रुपमा राते काईलाले अभिनय गरेका छन् ।

Priyanka Chopra and Sunil Thapa

हालै चलचित्र ‘मेरी कोम’को ट्रेलर रिलिज गरिएको छ । प्रोमोमा नेपाली कलाकार सुनिल थापालाई पनि उत्तिकै महत्वका साथमा स्थान दिईएको छ । ३० बर्षपछि बलिउड चलचित्रमा काम गरेका सुनिल थापाले यतिबेला सर्वत्र प्रशंसा पाउन थालेको छ ।

बलिउडका प्रतिष्ठित फिल्म मेकर सञ्जय लिला भन्सालकिो चलचित्र ‘मेरी कोम’मा नायिका प्रियंकाको सपना साकार पार्ने गुरुको रुपमा राते काइँलालाई देख्न पाईनेछ । चलचित्र मेरी कोम यही भदौ २० गतेबाट प्रर्दशनमा आउनेछ ।

For More videos Log on to Mazzako TV