नेफ्टा अवार्ड हङ्गकङ्गमा , खर्च लाग्ने भो करोडमा
यसपालीको नेफ्टा अवार्ड कार्तिक १ गते हुने तय गरिएको छ । अघिल्लो पटक मलेसियामा गरिएको नेफ्टा अवार्ड यसपाली भने हङ्गकङ्गमा गरिने भएको छ । अवार्ड विदेशमा गरिने खर्च त टन्नै लाग्ने नै भयो । यसपालीको नेफ्टा अवार्डको खर्च २ करोड हुने अनुमान गरिएको छ ।
नेपाल चलचित्र प्राविधिक संघले गर्दै आएको नेफ्टा अवार्डको सातौं संस्करणका लागि गत शुक्रबार हङ्गकङ्ग उडेको टोलीले मंगलबार हङ्गकङ्गमै पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी गराएको हो । अघिल्लो सालको भन्दा यसपालीको अवार्ड निकै भब्य र सभ्य हुने आयोजकको दावी छ । नेपालबाट जाने कलाकार र प्राविधिकको टोलीलाई बसोबास र खानपिनको उचित ब्यबस्था गर्न स्थानिय आयोजकसँग सहकार्य भईरहेको पनि चलचित्र प्राविधिक संघले जानकारी गराएको छ ।
अवार्ड बारे नेपालका तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडसँग चलचित्र प्राविधिक संघँंले सहकार्य गरेको छ ।
‘सोचे जस्तो गरी सवै कार्यक्रम फाईनल भएका छन् त्यसैले सामान्य भ्रमण गरेर अब हामी नेपाल फर्किने तयारीमा छौ’ हङकङबाट सुनील कुमार थापाले जनाएका छन् । थापाका साथ अवार्ड मिति फाईनल गर्नका लागि स्टेज कोर्डिनेटर बाबुराम दाहाल र नेफ्टा अध्यक्ष मनोज केसी पनि हङकङमै छन् । मनोज बताउछन् ‘विवाद रहित भब्य रुपमा कार्यक्रम सफल पार्ने उदेश्यका साथ अवार्डको मिति सार्वजनिक गरेका हो’ ।
For More videos Log on to Mazzako TV