photo filmy cheak post2‘मह’ जोडीको चर्चित हाँस्य टेलिश्रंखला १५ गते र विज्ञापनका लमी, सुर बेसुरका प्रधानपञ्च, चलचित्र ट्रक ड्राइभरका फुके, चुनौति का बिच्छी देखि लिएर जिरे खुर्सानीमा परेको बेहोर्ने ठुला बा । हाँस्यकलाकार राजाराम पौडेल को परिचय धेरै छन् ।

आफ्नो परिचयलाई अझै थप्ने क्रममा उनी अब ‘फिल्मी चेकपोष्ट’का भने दलाल बनेका छन् । पर्दामा उनको नाम ओष्कारनाथ पावरवाला हो । उनी सोच्छन् नेपाली चलचित्र उद्योगको बारेमा उनी जति जान्ने सुन्ने अरु कोही छैन ।

‘फिल्मी चेकपोष्ट’मा बसेर उनी चलचित्रका बारेमा खुबै गफ दिन्छन् । निर्माता, निर्देशक, कलाकार सबैलाई उनी फिल्मको बारेमा सिकाउन तम्सिईहाल्छन् । नेपाली सिनेमालाई ओष्कार अवार्ड सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको भनी गफ दिन पल्किएका ओष्कारनाथ पावरवाला राजाराम अड्किएका फिल्म, सुटिङ्ग रोकिएका फिल्म, प्रोमोसनमा आर्थिक अभाव भईरहेका फिल्महरु सबैलाई आफै सहयोग गर्ने बचन दिन्छन् । फिल्मी गीत संगीत  प्रोमो पास गराउन उनी सधै चेकपोष्ट धाउने गर्छन् ।

उनको यो भुमिका आज राती हिमालय टेलिभिजनबाट प्रसारण हुने फिल्मी चेकपोष्टमा हेर्न पाईन्छ । फिल्मी चेकपोष्ट एउटा काल्पिनक चेकपोष्ट हो । मह स्टुडियो बुढानिलकण्ठमा चेकपोष्टको सेट लगाईएको छ ।

आज राती ८ बजेदेखि प्रसारण हुने फिल्मी चेकपोष्टमा नेपाली चलचित्र बजारको पछिल्लो अवस्थाको बारेमा रमाईलो बहस हुनेछ । बहसमा निर्माता छविराज ओझा, निर्देशक दिपेन्द्र के खनाल, चलचित्र समीक्षकद्वय दिपेन्द्र लामा र शुशील पौडेल हुनेछन् ।

photo filmy cheak post1

फर्सी नेटवर्कले राती ‘८ बजे नै मज्जा’ शिर्षकमा हरेका रात ८ बजे हिमालय टेलिभिजनमा फरक फरक कार्यक्रमहरु प्रसारण गरिरहेको छ । जसमध्येको फिल्मी चेकपोष्टको पालो मंगलबार हो । फिल्मी चेकपोष्टमा नेपाली फिल्म उद्योग र फिल्मकर्मीका कुराहरु हुने गर्दछन् ।

For More videos Log on to Mazzako TV