यदि तपाईसँग पनि गीत गाएर सबैलाई मोहित पार्न सक्ने कला छ भने तयार रहनुहोस् नेपाली तारा तपाईहरु समक्ष आउदैछ । नेपाली संगीत क्षेत्रमा पुनः नयाँ प्रतिभाहरु जन्माउन नेपाली ताराको तेस्रो संस्करण हुने भएको छ । नेपाली ताराका अघिल्ला अंकहरुबाट धेरैको जीवनशैली परिवर्तित भए झै तपाईको पनि जीवन बदलिन सक्छ, अवसरका हजारौं ढोकाहरु खुल्न सक्छ, त्यसैले आजैबाट तयार रहनुहोस ।

Deepak and santosh

सोमबार राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरि निलबाराही फिल्मस्ले नेपाली ताराको तेस्रो संस्करण हुने जानकारी गराएको हो ।  नेपाली ताराको तेस्रो संस्करणलाई कोकाकोलाले प्रायोजन गरेको छ । गीत निर्देशक प्रकाश गुरुङ्ग, संगीतकार सुरेश अधिकारी, गायक रामकृष्ण ढकाल निर्णायक मण्डलीमा रहने नेपाली ताराको तेस्रो संस्करणको अडिसन भदौको दोस्रो साताबाट गरिनेछ ।

Nepali Tara 1

रियालिटी सो नेपाली ताराले नेपाली सांगितिक क्षेत्रलाई ठुलो योगदान दिएको छ । नेपाली ताराबाट आएका प्राय गायक गायिकाहरु नेपाली संगीत बजारमा यतिबेला ब्यस्त छन् । दिपक लिम्बु, सन्तोस लामा, धर्मेन्द्र सेवान, इन्दिरा जोशी, पुष्पा पौडेल, रुपक डोटेल, दुर्गा खरेल, मल्लिका कार्की, तारा लक्सम, सुर्यकिरण लामा लगायत गायक गायिका नेपाली ताराबाटै चम्किएका हुन् ।

नेपाली तारा ३ को अडिसन काठमाण्डौ, भक्तपुर, ललितपुर, पोखरा, बुटवल, धरान र नारायणगढमा हुनेछ । नेपाली ताराको सञ्चालन सन्तोस लामा र धर्मेन्द्र सेवानले गर्नेछन् भने बेला बेला गेष्ट होष्ट बनेर विभिन्न सेलिब्रेटीहरु पनि आउनेछन् । त्यस्तै नेपाली ताराको तेस्रो संस्करणमा टप ट्वान्टी देखि मेन्टर जज्को रुपमा गायक जेम्स प्रधान र राजन इशानको पनि इन्ट्री हुनेछ ।

Nepali Tara 2

नेपाली ताराको बिजेताले एउटा मोटरसाईकल साथै दुई लाख एकाउन्न हजार नगद पुरस्कार, तीनवटा गीत गाउने अवसर पाउनेछ । विजेताको तीनवटै गीतको म्युजिक भिडियो पनि आयोजकले नै बनाईदिने छ । त्यस्तै बिजेताले अष्ट्रेलियाको भ्रमणमा जान पाउने छन् भने सिड्नी र मेलवर्नमा कन्सर्ट गर्ने अवसर पनि प्राप्त गर्नेछन् । साथै अन्तिम दश प्रतियोगीहरुले प्रत्येकले एघार हजार नगद पुरस्कार प्राप्त गर्नेछन । उनीहरुले नेपाली तारा टप टेन एल्बममा गाउने अवसर पनि प्राप्त गर्ने बताईएको छ ।

For More videos Log on to Mazzako TV