नेपालकै सर्वाधिक पुरस्कार राशि भएको गायन रियालिटि शो ‘बिग आईकन’को टप १५ को छनौट सम्पन्न भएको छ । पोखरामा भईरहेको बिग आईकनमा यसपाली ५० जिल्लाका ८ सय ९० जनाले सहभागिता जनाएका थिए । टप १५ को छनौट पछि प्रतिस्पर्धा अझै बढेको छ । बिग आईकनका दर्शक र स्रोतालाई यसपालीको बिग आईकन को बन्ने हो भन्ने कौतुहलता शुरु भईसकेको छ ।

Big Icon Top 15
‘पाँचौ सँस्करण सम्म आईपुग्दा विग आईकन साँगीतिक क्षेत्रको लागि निकै ठुलो मञ्च साबित भैसकेको छ ।’ आयोजक संस्था विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘यो पटकको विग आईकनको बजार प्रतिक्रियाले आगामी दिनमा अझै यसको क्षेत्र विस्तार गर्ने सँकेत गरेको छ ।’

यस पटक प्रतियोगितामा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा निर्णायक छन् । उत्कृष्ट दश पछि गेस्ट निर्णायकहरुले पनि प्रतियोगीहरुको गायनको जजमेन्ट गर्नेछन् । ‘यो पटक सबै प्रतिस्पर्धीहरु उपाधीका लागि योग्य जस्तै छन् । त्यसैले हामीलाई निर्णय गर्न पनि निकै गाह«ो भैराखेको छ’ निर्णायकहरुको भनाई यस्तो छ ।

1
‘लामो समयसम्मको संगीत शिक्षा लिएका संगीतका विद्यार्थीहरु विशेषतः विग आईकनका प्रतिस्पर्धीहरु हुन् ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने, ‘विग आईकनको शुरुवातबाट पोखरामा झाँगिएको संगीत सिक्ने प्रचलन अहिले आएर अझै विस्तारित भएको छ ।’

यस पटकको विग आईकनको विजेताले १९ चरणको अडिसन पार गर्नुपर्नेछ । रियालिटि शो विग आईकनको उपाधि जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै द व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् ।

4
यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ । पोखरा स्थित बिग एफ एमले प्रत्येक बर्ष बिग आईकनको आयोजना गर्दै आएको छ ।

पोखरामा बिग आईकनको चर्चा भईरहदा काठमाण्डौंमा नेपाली तारा ३ को चर्चा शुरु भईसकेको छ । बीचमा केही बर्ष हुन नसकेको नेपालको पहिलो मेघा रियालिटी शो नेपाली ताराको तेस्रो संस्करण अब चाडै शुरु हुने निलबाराही फिल्मस्ले जानकारी गराएको छ ।

तस्वीर सौजन्य– कस्तो रमाईलो डट कम

For More videos Log on to Mazzako TV