संजोग, शीत, कुर्वान भित्ती र फेरी भेटौला चलचित्रका नामहरु हुन् । यी चलचित्रका निर्देशन वेदप्रसाद भुर्तेलले गरिरहेका छन् । उनी नवनिर्देशक हुन् । उनका कुनै पनि चलचित्र प्रर्दशनमा आएका छैनन् तर पनि उनलाई कामको भ्याईनभ्याई छ ।

sut

चलचित्र ‘संजोग’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउदैछ । यो चलचित्रलाई उमेश उप्रेती र रोशन उप्रेतीले निर्माण गरेका हुन्। चलचित्रमा सुष्मा कार्की, सविन श्रेष्ठ र प्रज्वल गिरीको मुख्य भूमिका छ।

यस्तै चलचित्र ‘भित्ती’मा मौसम तामाङको लगानी छ। चलचित्रमा प्रज्वल गिरी, सोनिया शर्मा र निर्देशक भुर्तेलकै अभिनय छ।

kurban 2

चलचित्र ‘कुर्वान’लाई प्रेम तामाङ र राकेश गिरीले निर्माण गरेका हुन्। चलचित्रमा अभय चन्द, प्रज्वल गिरी, सोनिया शर्मा, जैना कुवँर, राकेश गिरीको अभिनय छ।

feri bhetiyala

यस्तै यतिबेला २ चलचित्रको गीत रेकडिङ कार्य अगाडि बढेको निर्देशक भुर्तेलले  जानकारी दिए।जसमा श्याम मगरको लगानीमा ‘शीत’ र खगेन्द्र उप्रेतीको लगानीमा ‘फेरीभेटौला’ निर्माण हु“दैछ।चलचित्र ‘फेरिभेटौला’मा दिलकृष्ण श्रेष्ठ र प्रज्वल गिरीको अभिनय रहने पक्का भैसकेको छ।

For More videos Log on to Mazzako TV