जेलिएको मनको धागो, सम्बन्धमा लगायो आगो
‘जेलिएको मनको धागो, तुईन बन्ला कहिले
पिरतीको रापभित्र, पिल्सिईदैछु अहिले….’
गीतमा शब्द आर. पी. दहालको छ भने संगीत अर्जुन पोखरेलले दिएका हुन् । आफ्नो सुरिलो स्वरले गीतलाई जीवन्तता दिएकी छिन् गायिका अन्जु पन्तले । हालै यही गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा सिम्पल खनाल, दिपेन्द्र र राजु कार्कीले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन दिपेन्द्र घिमिरेले गरेका हुन् । नविन श्रेष्ठको छायांकन रहेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । छुच्चा क्रिएसनको ब्यानरमा बनेको भिडियोले दर्शकको मन जित्न सफल भईरकेको निर्माण युनिटले जानकारी गराएको छ ।