जीवन र लक्ष्मीको मस्ती, कसै कसैलाई सास्ती
नायक जीवन लुइटेल आइटम गर्ल लक्ष्मी बस्नेतसँग एक डान्सबारमा मस्ती गर्दै गरेको अवस्थामा छन् । उनले लक्ष्मीसँग मस्तीमा झुमी रहदाँ उनको लिलाले कसै कसैले सास्ती भोग्नूपरेको पनि देखिएको छ । यस्तै यस्तै दृश्य भरिएको चलचित्र ‘शीशा’ यही साउन २३ गतेबाछ प्रर्दशनमा आउन लागेको छ ।
आर बी.के.‘शरद’ले निर्देशन गरेको चलचित्र शीशाको शीर्ष गीत भर्खरै सार्वजनिक गरिएको छ । लक्की सिटौलाको स्वर तथा संगीत रहेको यो गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी गरेका हुन् ।
अधिकांश दृश्यहरु सिक्किममा छायांकन गरिएको चलचित्र शीशामा जीवन लुईटेल, निर्मल सेन्चुरी, उमा बेबी, रागिनी खड्गी, शान्ति गिरी, दिपेश भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा मधुसुधन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल र विराट थापाले मिलेर बनाएका हुन् । चलचित्रमा भारतीय फूटबल टिमका पूर्व कप्तान भाइचुङ भूटियाले पनि चलचित्र शीशामा विशेष भूमिका निर्वाह गरेका छन् । उनको उपस्थितीलाई पनि चलचित्रमा विशेष रुपमा हेरिएको छ ।
For More videos Log on to Mazzako TV