‘सेफ लेन्डिङ्ग’ अष्ट्रेलियामा, बस्ला त मनमा ?
‘सेफ लेन्डिङ्ग’ नाम अंग्रेजी भएपनि चलचित्र नेपाली नै हो । सायद नाम अंग्रेजी भएर पनि होला अंग्रेजी बोलवाला रहेको अष्ट्रेलियामा चलचित्रको प्रिमियर गरिदैछ । अष्ट्रेलियमा प्रिमियर गरिने भएपनि चलचित्र नेपाली हो, चलचित्र नेपालीका लागि नै हो । अष्ट्रेलियामा रहेका नेपालीहरुले चलचित्र मन पराउनेमा निर्माण युनिट निकै आशावादी देखिएको छ । यही अगस्ट महिनाको ९ र १० तारिखका दिन अष्ट्रेलियाको सिड्नी शहरको हर्सभिल सिभिक थिएटरमा चलचित्रको प्रिमियर गरिदैछ ।
चलचित्रका निर्माता बसन्त भण्डारीका अनुसार चलचित्रको प्रिमियर भब्य रुपमा सम्पन्न गर्नको लागि तयारी भईरहको छ । यस विषेश कार्यक्रमको लागि भनेर चलचित्रका मुख्य कलाकार झरना बज्राचार्य र नायक निरज बराल सहित सञ्चारकर्मी सुमन गैरे अगस्टको पहिलो साता अष्ट्रेलियाका लागि उड्नेछन् । फिल्मका निर्देशक सन्दीप जोसेफ र अर्का निर्माता राहुल अग्रवालको पनि प्रिमियरमा उपस्थित हुने छ । यी दुबै मलेसियन नागरिक हुन् ।
यसैगरि अष्ट्रेलिया प्रिमियर भएको एक सातापछि अगस्ट १७ तारिखका दिन न्यूजिल्याण्डमा पनि ‘सेफ ल्याण्डिङ’ प्रिमियर हुने निर्माता भण्डारीले जानकारी गराए । न्यूजिल्याण्डको अकल्याण्डस्थित क्यापिटल सिनेमा हलमा यो फिल्म देखाईने छ ।
निरज र झरनाको साथमा सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको ग्याङस्टार फिल्म ‘सेफ ल्याण्डिङ’लाई बलिउड फिल्मकी सम्पादक मेघना अश्चितले सम्पादन गरेकी हुन् भने छायाँकन जोन ज्याकोब र पुरूषोत्तम प्रधानको रहेको छ । यो फिल्म नेपालमा मंसिर १९ गते रिलिज हुनेछ ।
For More videos Log on to Mazzako TV