Aajhai Pani Mazzakoonline 2

सोसल लभस्टोरी फर्मुलामा बनेको सिनेमा ‘अझै पनि’ होलीको रंगीन माहोलमा रिलिज हुने पक्का भएको छ । चलचित्र आँउदो फागुन १५ गते रिलिज हुने जानकारी निर्माण युनिटले गराएको छ । चलचित्रको वितरण जिम्मा लिएको एफ डी कम्पनीका अनुसार होलीको बजार भ्यालुलाई क्यास गर्न  चलचित्रलाई सो डेट छुट्टयाईएको हो ।

Aajhai Pani Mazzakoonline 1

चलचित्र ‘अझै पनि’लाई आलोक नेम्बाङ्गले निर्देशन गरेका हुन् । यही चलचित्रबाट निर्देशक सुर्दशन थापा नायकको रुपमा नेपाली चलचित्र बजारमा दमदार इन्ट्री मार्दैछन् । चलचित्रमा सुदर्शनका अलावा पुजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, विपना धिमाल, पुष्प खड्का, विशाल ढुंगाना, बिजय लामा, मिथिला शर्मा सहित रामशरण पाठक लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

Aajhai Pani Mazzakoonline 3

चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन भने चलचित्रमा महेश खड्का, हरि लम्साल, राजनराज शिवाकोटी, सचिन सिंह लगायतको संगीत रहेको छ । झण्डै पाँच बर्षपछि चलचित्र निर्देशनमा फर्किएका निर्देशक आलोक नेम्बाङ्गकै कारणले गर्दा पनि चलचित्रलाई निकै अपेक्षाको साथमा हेरिएको छ ।
Aajhai Pani Mazzakoonline 4

For More videos Log on to Mazzako TV