चलचित्र ‘भूलभूलैया’ निर्माणको औपचारिक जानकारी गराउन राजधानीमा शुक्रबार गरिएको पत्रकार सम्मेलन निकै रोचक बन्यो । छोटो स्कर्टमा कार्यक्रममा आएकी नीता गीत बज्ने वित्तिकै जुरुक्क उठेर नृत्य गर्न थालिन । उनको नृत्यमा नायका स्वेहित मानन्धरले साथ दिए । उपस्थित अतिथि र दर्शकले पनि यो दृश्यलाई खुब इन्जोए गरे ।

IMG_3307

चलचित्र ‘भूलभुलैया’को योगेश घिमिरेले निर्देशन गर्नेछन् । चलचित्रमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गरिने बताईएको छ । ‘नेपाली चलचित्रमा छायाँकन र देखाउनको लागि मात्रै डिजिटल प्रविधिको प्रयोग भयो तर भूलभूलैयामा भने एनिमेशनका दृश्यहरुलाई पनि निकै आर्कषक ढंगले प्रस्तुत गरिनेछ’,  निर्देशक घिमिरेको भनाई यस्तो छ ।

IMG_3281

प्रेमकथामा आधारित रहने चलचित्र ‘भूलभूलैया’मा दिनेश कुमार पोख्रेल, शुशिल कार्की, शुरेश गौतम, मणिराज दहालको लगानी रहनेछ । चलचित्रकी नायिका नीता ढुंगानाले चलचित्रमा आफ्नो भुमिका विशेष रहेको जानकारी दिएकी छिन् । उनले ‘भूलभूलैया’लाई उनको जीवनकै बिशेष चलचित्र मानेकी छिन् ।

IMG_3300

चलचित्र ‘भूलभूलैया’मा तीनवटा गीत समावेश गरिनेछ । चलचित्रका गीतहरुमा प्रल्हाद तिमिल्सिना, दुर्गा परियार र निर्जला पराजुलीको आवाज रहेको छ । चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन भने चलचित्रमा बनिष शाहको सम्पादन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द रहने बताईएको छ । चलचित्रमा स्वप्निल बरालको गीत र बसन्त सापकोटाको संगीत रहनेछ । चलचित्रको छायांकन साउन १६ गतेबाट शुरु गरिने बताईएको छ ।

For More videos Log on to Mazzako TV