‘मार या बचाउ’ दिलमा सजाउ, तर मिलनको गीत भने सुन्दै जाउ
गायिका मिलन अमात्यले मज्जासँग गीत गाएकी छिन् । निकै हसिमजाक गर्दै तर शब्दको भावनालाई दुरुस्त उतादै आफ्नो आवाजको जादु देखाउने कोशिष गरेकी छिन् । गीतको शब्द सुर्य कार्कीले तयार पारेका हुन् । संगीत धिरज श्रेष्ठले भरेका हुन् । ‘चाहे मार या बचाउ’ गीतको शब्दले माया पिरतीमा हुने समर्पणको कुराहरु बोलेको छ ।
गायिका अमात्यले चलचित्र ‘आबेग’का लागि गीत रेकर्ड गराएकी हुन् । चलचित्रको निर्देशन बसन्त निरौलाले गर्दैछन् । यसअघि निरौलाले विजयपथ र राजनीति लगायतका चलचित्रको निदेृशन गरिसकेका छन् । केही समय पछि फ्लोरमा जाने यस चलचित्रको गीत रेकर्डिङ्गको काम भने सुरु गरिएको छ ।
यमन म्यजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्न लागेको चलचित्र ‘आबेग’का सबै कलाकारहरु पक्का भैसकेका छैनन् । केही दिनमा कलाकार फाईनल गर्ने निर्माणपक्षको भनाई छ । चल्चित्रको छायांकन साउन १५ गतेबाट सुरु हुनेछ । चलचित्रको छायांकन काठमाण्डौसँगै मुस्ताङ र सिक्किममा गर्ने योजना निर्माणपक्षको छ । चलचित्रलाई प्रेम र एक्सनको मिश्रण भनिएको छ ।
गायिका मिलन अमात्यले गाएको ‘चाहे मार या बचाउ’को मेकिङ्ग यस्तो छ ।
For More videos Log on to Mazzako TV