हलमा ‘नागबेली’, हेरौं सबै मिली
आज (शुक्रबार)बाट चलचित्र ‘नागबेली’ प्रर्दशनमा आएको छ । नृत्य निर्देशक गोविन्द राई निर्देशित पहिलो चलचित्र ‘नागबेली’ले बेरोजगार युवाहरुको कथालाई बोलेको छ । चलचित्रको रिलिज पुर्व विहिबार विहान ९ बजे कमलपोखरी स्थित कुमारी हलमा चलचित्र ‘नागबेली’को प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मका कलाकारहरु, अतिथि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
‘नागबेली’ प्रिमियरमा नायिका करिश्मा मानन्धर आर्कषणको केन्द्र बनिन् । ‘नागबेली’ चलचित्र हेर्न नायिका मानन्धर विहानै कुमारी हल आईपुगेकी थिईन । फिल्म हेर्न विहानै हलमा आएका गायक निमा रुम्बाले पनि चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए ।
रोमियन लिम्बुले निर्माण गरेको चलचित्र ‘नागबेली’मा दयाहाङ्ग राई, हर्षिका श्रेष्ठ, यशराज गराज, विक्की मल्ल, सुरवी जैन, नीर शाह, सम्भव श्रेष्ठ, अशोक फुयाँल, रुपा राना, लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ ।