पहाडकी छोरी हुन् उनी तराईमा छ बसाई, जिस्काउदै सबैले भन्छन् कान्छी कति मिठो छ हसाई । नायिका निता ढुंगानालाई सबै ठिटाले जिस्काएर हैरान पारेका छन् । उनीसँग माया लाउन र उनलाई आफ्नो बनाउन प्रयास गर्नेको लाईन निकै लामो छ । तर उनलाई कसैको प्रवाह छैन, उनी विन्दास छिन् । आफ्नै पाराकी तर रमाईली ।

yojana n nita
भर्खरै सार्वजनिक गरिएको ‘पहाडकी छोरी’ बोलको गीति भिडियोको कथा यस्तै यस्तै बुनिएको छ । भिडियोमा नायिका निता ढुंगाना, रोशन नेपाली, राज न्यौपाने, पिटर प्रिन्स, साजनपन्थी लगायतले अभिनय गरेका छन् ।

भिडियोको सुटिङ्ग एक हप्ता अघि टिकाथलीमा भएको हो । भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका हुन् । उनी कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको किलो ट्याङ्गगो माईकका निर्देशक पनि हुन् ।


गीतकार भोला ढुंगानाको शब्द, संगीतकार अर्जुन पोख्रेलको संगीतमा गायिका योजना पुरीले पहाडकी छोरी गाएकी हुन् । ‘गीतको भावअनुसारकै भिडियो बनेको छ’, गायिका पुरी म्युजिक भिडियोको बारेमा प्रतिक्रिया दिन्छिन् ‘हामीले निकै मेहनत गरेको बनाएको भिडियोले दर्शकको मन छुन्छ भन्ने लागेको छ’ ।

For More videos Log on to Mazzako TV