सानैदेखि गायनमा रुची राख्ने कुमार दुमी नेपाली सांगतिक क्षेत्रका नवगायकको रुपमा प्रवेश गर्ने तयारीमा छन् ।  अमेरिकाको सेटलमा बस्दै आएका कुमारले शनिवार अमेरिकामै सोमबारे हाटैमा बोलको गीत रेकर्ड गराएका छन् ।

Kumar 1
‘विभिन्न स्टेश कार्यक्रमहरुमा गीत गाउदा सबैले राम्रो छ एल्बम निकाल्नु भनेर प्रेरित गर्नुहुन्थ्यो’, नवगायक कुमारले भने ‘साथीभाईहरुको सुझाव र सल्लाहले गर्दा नै गीत रेकर्ड गराएको हुँ’ । आफ्नौ सानैदेखिको सपना गायक बन्ने रेहेको पनि उनले सुनाउन भ्याए ।

Kumar 2
सोमबारे हाटैमा बोलको गीतबाट नेपाली संगीत बजारमा डेब्यु गर्न लागेका गायक कुमार निकै आशावादी देखिएका छन् । गीतलाई केही दिनमै सार्वजानिक गरिने बताईएको छ । गीतलाई राकेश शोनीले एरेनज गरेका हुन भने गीतमा शब्द चलचित्र निर्माता क्रिश रिजालको रहेको छ । रिजाल चलचित्र बितेका पलका कार्यकारी निर्माता हुन् ।

For More videos Log on to Mazzako TV