हृदय घातका ९ दिन अघि कारण गंगालाल हृदय रोग केन्द भर्ना भएका शाहलाई सोमबार साँझ पाँच बजे हस्पिटलले डिस्चार्ज गरेको छ । स्वास्थ्यमा पूर्ण सुधार आएपछि नीर शाहलाई डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । घर जान पाएपछि शाह निकै खुशी देखिए । उनले अस्पतालबाट डिस्चार्ज हुदै भनेका आफ्नो पुर्नजन्म भएको भनि प्रतिक्रिया दिएका छन् ।

Nir Shah 1
अचानक हृदय घात भएपछि कलाकार शाहलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको थियो । यहाँसम्म कि उनलाई सामान्य अवस्थामा ल्याउन डक्टरहरुलाई झण्डै ७२ घण्टा लागेको थियो । डिस्चार्ज हुने बेलामा हस्पिटलमा आफूलाई भेट्न आएका शुभचिन्तकहरुसंग कुरा गर्दै शाहले अभिनयको यात्रालाई सदैव निरन्तरता दिने कुरा ब्यक्त गरेका छन् ।

Nir Shah 2
कलाकार शाहले आफुलाई रोमान्टिक सिनेमा खेल्न मन लागेको समेत बताए । अस्पतालमा भेट्न गएका निर्देशक उकेश दहाल सामु उनले भनेका छन् ‘चलचित्र किन किनमा महानायक राजेश हमालले खेलेको जस्तै भुमिका मेरो लागि पनि तयार पार्नुहोस् ।’

कलाकार शाहले पछिल्लो समय स्वं. डायमण्ड शमशेरको ऐतिहासिक कृति सेतो बाघ माथि फिल्म बनाएका छन् जुन फिल्म रिलिजको क्रममा छ ।

For More videos Log on to Mazzako TV