लगनगाँठो कसे श्रीकृष्ण स्वेताले, प्रगतीवादी विहे गरे अनुप दियाले
नेपाली सिनेमाका चर्चित नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काले लगनगाठो कसेका छन् । त्यस्तै रंगकर्मी अनुप बराल र नायिका दिया मास्केले पनि आफ्नो प्रेमसम्बन्धलाई विवाहको रुप दिएका हुन् । लगभग आफ्नो ५ बर्षे प्रेम सम्बन्धलाई श्रीकृष्ण स्वेताले श्रीमान श्रीमतिको नयाँ नाम दिएका हुन भने अनुप र दियाको आठ बर्षे प्रेम सम्बन्ध थियो । रंगकर्मी अनुपको यो दोस्रो विवाह हो । उनको पहिलो श्रीमतिसँग पारपाचुके भईसकेको छ ।
पचास बर्ष उमेर पुग्न लागेका नायक श्रेष्ठ र नायिका खड्काको विवाह हिन्दु परम्पराअनुसार दुबै परिवारको संस्कृति अनुसार गरियो । यो रिल जोडीको रियल लाईफ विवाहमा भने त्यति धेरै तडकभडक देखिएन ।
सोमबार राजधानीको गौशाला स्थित होटल हिमालय ईन्द्रेणीमा विहान १० बजेदेखि बैवाहिक कार्यक्रम शुरु भएको थियो । दिउसोको करिब साढे २ बजेतिर श्रीकृष्ण र स्वेताको वैवाहिक कार्यक्रम समापन भएपनि साँझ चलचित्रकर्मी, समाजसेवी, राजनैतिक दलका नेता, अफन्तजन तथा नातेदार, साथीभाई, पत्रकार तथा सञ्चारकर्मीहरुलाई भब्य रिसेप्सन पार्टी पनि दिईयो ।
कन्यादानको बेला नायिका स्वेता केही भावुक देखिएकी थिईन भने नायक श्रीकृष्ण निकै उत्साहित देखिएका थिए । नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्का अभिनित चलचित्र ‘कोहिनूर’ उनीहरुको विवाहको ठिक एक महिना पछि अर्थात साउन २३ गते रिलिज हुदैछ । यो जोडीले अभिनय गरेको चलचित्र ‘कहाँ भेटिएला’,‘श्रीमान श्रीमति’लाई दर्शकले निकै मन पराएका थिए ।
रंगकर्मी अनुप बराल र नायिका दिया मास्केको पनि सोमबार नै विवाह भएको हो । यो जोडीको सामान्य तरिकाले महाराजगञ्ज स्थित एक होटलमा सिमित पारिवारिक जमघटमा विहे भएको हो । विवाहमा गोडा धुने, कन्यादान दिने परम्परालाई तोड्दै यो जोडीले औठी र माला साटासाट गरि अत्यन्त छोटो र सरल तरिकाले विहे सम्पन्न गरेका छन् ।
रंगकर्मी बरालका अनुसार यो विवाह प्रगतीवादी विवाह हो रे । उनको प्रगतिवादी विहे आधा घण्टामै सकिएको थियो । उनले हिन्दू परम्पराको विहे विधिमा समय अनुसार परिमार्जन हुदै जानुपर्ने कुरा पनि ब्यक्त गरेका छन् । अनुपको विहेमा जन्ती पनि जम्मा १५ जना मात्र थिए । रंगकर्मी बराल काटुनिष्ट बात्स्यनका छोरा हुन् ।
Photo – Anup Bhattarai and Bishnu Sharma
For More videos Log on to Mazzako TV