rajesh 1

महानायक राजेश हमालको सम्बन्ध उनका हेयर ड्रेसरसँग निकै आत्मिय रहेछ । किनभने  हेलिकप्टर चार्टर गरिकन उनी आफ्ना हेयर ड्रेसरको विहेमा सहभागी भएका छन् । बिगत सात बर्षदेखि हमालको केस काट्दै आएका सुरेन्द्र ठाकुरको विहेमा सरिक हुन हमाल हेलिकप्टर चढी शुक्रबार विहान ११ बजे सर्लाही पुगेका थिए ।

rajesh 2
विहेमा सरिक भएका हमाललाई देखेपछि सर्लाही बबरगञ्जबासी बासी निकै खुशी भए । हमालको अटोग्राफ लिन, उनलाई छुन र उनीसँग फोटो खिच्नेको भीड नै लाग्यो । बेहुला बनेका सुरेन्द्रले पनि आफ्नो लागि यो पल जीवनभर अविश्मरणीय हुने प्रतिक्रिया दिए । ‘राजेश दाई मेरो विहेमा आउनु मेरो सौभाग्य हो’ उनले भने ‘मेरो आग्रहलाई स्वीकार गर्दै उहाँ आफ्नो सुटिङ्ग नै रोकेर आउनुभयो, म उहाँ प्रति सदैव आभारी हुनेछु ।’

 rajesh 3
उनी हेलिकप्टरबाटै जन्ति समेत गए । उनको यो हेलिकप्टर यात्रा लगभग १५ लाख बराबरको भएको बताईएको छ । हमाल आफ्ना सहयोगी दीपेन्द्र महतो, सञ्चारकर्मी सुवास ढकाल, विदूर खतिवडा, प्रदिप निरौलाको साथमा विवाहमा सरिक हुन सर्लाही पुगेका हुन् । ११ बजे सर्लाही उडेका उनी साँझ ४ बजे काठमाण्डौं फर्किएका थिए । ‘यात्रा जाखिमयुक्त तर एड्भेन्चर भया’े महानायक राजेश हमालले भने ‘मौसमका कारण हेलिकप्टर बीच बीचमा रोकिंदा भने निकै डर लग्यो’ ।

तस्वीर–टंक क्षेत्री(सर्लाही)

For More videos Log on to Mazzako TV