साउन १६ मा पुन्टे आउने, को को छ माया लाउने ?
यसअघि साउन २ गतेबाट प्रर्दशनमा आउने भनि निकै प्रचारबाजी गरिएको चलचित्र ‘पुन्टे परेड’ अन्तत् साउन १६ गतेबाट हेर्न पाईने भएको छ । चलचित्रको लागि चाहिने प्रचारप्रसार नपुगेको साथै विभिन्न प्राविधिक कठिनाईहरुको कारणले गर्दा रिलिजको डेट सारिएको निर्माण युनिटले बताएको छ । यता, चलचित्रका मुख्य कलाकार संयम पुरी पनि अन्य चलचित्रमा ब्यस्त भईदिनाले गर्दा चलचित्रलाई पब्लिसिटी भनेजति नपुगेको ठहर निर्देशकले गरेका छन् ।
चलचित्रको निर्माताहरु मध्येका एक निर्माता हरि महतको आमाको निधनले गर्दा पनि उनले चलचित्रको लागि समय दिन सकेनन् । फिल्ममा महतसँगै हरि कोईराला र अनिल अधिकारीको पनि लगानी रहेको छ । अब साउन १६ को रिलिज डेटमा ‘पुन्टे परेड’को भिडन्त सुरज सुब्बा नाल्बो निर्देशित ‘मेरो भ्यालेन्टाईन’सँग हुनेछ । ‘हाम्रो फिल्म जुधाउने रहर होईन तर के गर्ने विभिन्न प्राविधिक कारणहरुले गर्दा साउन १६ मै चलचित्र लगाउनु पर्ने भो’, निर्देशक सुवास कोईरालाको भनाई यस्तो छ ।
चलचित्र ‘पुन्टे परेड’मा संयमका अलावा एन्जिला दहाल, निलु डोल्मा शेर्पा, रबिन्द्र खड्का, स्वेता थापा, गीता अधिकारी, सरोज श्रेष्ठ, नाजिर हुसेन लगायतको अभिनय रेहेको छ । चलचित्रमा बिशेष भुमिकामा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिनेछ ।
For More videos Log on to Mazzako TV