Mazzakoonline 2

‘बिर्खेलाई चिन्छस्’ नेपाली माटोलाई सुहाउँदो रहेको नायक तथा निर्माता सुवास थापा बताउछन् । शुक्रबार अनामनगर स्थित मण्डला थिएटरमा चलचिको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘हाम्रो फिल्मले दर्शकहरुलाई खुशी दिनेछ’ । त्यस्तै, चलचित्रले एउटा सामान्य ब्यक्तिको कथा बोल्ने लेखक जगदिश्वर थापाले बताए ।

Mazzakoonline 4

यही चलचित्रबाट निर्देशक बनेका अराज केशव गिरी फिल्मले सबैको मन छुने कुरामा ढुक्क देखिएका छन् । भदौ २० गतेबाट प्रर्दशन हुन लागेको चलचित्र ‘विर्खेलाई चिन्छ्स’मा सुवासका अलावा आयुशा राई, बिनिता खड्का, सुरेश उप्रेती, बालदिप राई, सुरविर पण्डित,  शिशिर भण्डारी, निर्मल शर्मा, लुनिभा तुलाधर, सिसिर भण्डरी लगायतको अभिनय हेर्न पाईन्छ । कार्यक्रममा चलचित्रको प्रोमो र गीत पनि सार्वजनिक गरियो ।

Mazzakoonline 3

मोहित मुनालको संगीत रहेको यो फिल्ममा गोविन्द राई र गम्भिर विष्टको संगीत रहेको छ । मोहित मुनाल, प्रश्ना शाक्य र सन्तोष लामाले फिल्ममा स्वर दिएका छन् । निरज कँडेल र रामशरण उप्रेती फिल्मका छायाँकार हुन् ।

For More videos Log on to Mazzako TV